आधुनिक प्रविधियुक्त प्रयोगशाला सुचारु भएपछि सेवाग्राही कयौँ गुण बढे

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-६ गते   १०५४ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका १२ स्थित रहेको कर्मैया स्वास्थ्य चौकीमा आधुनिक प्रविधियुक्त प्रयोगशाला सुचारु भएपछि एकै महिनामा करिब एक हजार जना नगरबासीले स्वास्थ्य सेवा लिएका छन् ।स्वास्थ्य चौकीमा प्रयोगशाला नहुँदा एक वर्षमा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरु आधुनिक प्रविधियुक्त प्रयोगशाला सञ्चालन भएपछि एकै महिनामा आएका डा. सन्जय श्रेष्ठले जानकारी दिए ।उनका अनुसार सामान्य स्वास्थ्य सेवा पाउँदा भन्दा आधुनिक प्रविधियुक्त प्रयोगशाला सञ्चालनमा आएपछि स्वास्थ्य सेवा लिने सेवाग्राहीहरुको संख्या कयौँ गुण बढेको हो ।


आधुनिक प्रविधियुक्त प्रयोगशाला सञ्चालनमा आएपछि स्वास्थ्य सेवा लिने सेवाग्राहीहरुको संख्या तथा सेवा सुविधाको लागि भए गरेको परिवर्तनको स्थलगत अनुगमन गर्न स्वास्थ्य चौकी पुगेका बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले एक वर्षमा आउने सेवाग्राहीहरु एकै महिनामा आएको देखेपछि खुसी समेत व्यक्त गरेका छन् । 
स्वाथ्य चौकीको स्थलगत अनुगमनमा पुगेका नगर प्रमुख थापाले हिजोका दिनमा सिटामोल नपाउने स्वास्थ्य चौकीमा आज आधुनिक प्रविधियुक्त प्रयोगशाला सहितको अनुभवी चिकित्सकहरुको व्यावस्था भएका कारण नगरबासीले स्वास्थ्य सेवा लिने सवालमा पहिलो रोजाई स्थानीयस्तरलाई बनाएका पाइएको भन्दै चिकित्सकहरुको टोलीलाई धन्यवाद दिएका छन् भने नगरबासीलाई सुधार गर्नु पर्ने पक्षहरु सम्झाउन आग्रह समेत गरेका नगर प्रमुख थापाका स्वकीय सचिव सागर मैनालीले जानकारी दिए ।
कर्मैया स्वास्थ्य चौकीमा गर्भवती जाँच भिडियो एक्सरे,दिशा,पिसाव र खकार परिक्षण गरि रोग पत्ता लगाउने तथा न्यून शुल्कमा आधुनिक प्रविधियुक्त मेसिनद्वारा स्वास्थ्य परिक्षण गराउने काम विगत करिब एक महिना पहिला सुरु भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech