Close This

लकडाउनका नायक आर्यन सिग्देल: थानकोटमा तरकारी रोप्दै !

पत्र पत्रिका    प्रकाशित: २०७७-१-८ गते   २९४ पटक हेरिएको

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेपछि व्यस्त कलाकारहरुको दैनिकी फेरिएको छ । कतिपय कलाकार राहत बाँड्न निस्किएका छन् भने केही कलाकार घरमै आराम गरिरहेका छन् । अध्ययन, स्क्रीप्ट लेखन देखि कृषि कर्ममा पनि कलाकारहरुको दैनिकी वितिरहेको छ ।

काठमाडौंमा बस्दै आएका नायक आर्यन सिग्देल भने श्रीमती र काखे छोरा लिएर थानकोटमा आमा बुबासँग समय विताइरहेका छन् ।स्थिति सामान्य भएपछि मात्र काठमाडौं फर्किने सोच बनाएका उनी घरायसी काममा ब्यस्त भएका छन् । लकडाउनको समय उनले खेतमा काम गरेर सदुपयोग गरिरहेका छन् ।

आफ्नो आधिकारिक इन्स्टाग्राममा आमासँग खेतमा काम गर्दै गरेको तस्विर सार्वजनिक गरेका छन् ।उनी कुटोले तरकारी रोप्नका लागि खेत खन्दै गरेको तस्वीर पोष्ट गरेका छन् साथै छेमा उनकी आमा पनि तस्विरमा देखिन्छिन् ।

आर्यनले खेतमा काम गर्दै गरेको तस्विरलाई उनका प्रशंसकले प्रेरणादायक भनेका छन् । उनले तस्विरसँगै क्याप्सनमा घरभित्रै बस्न पनि आफ्ना प्रशंसकलाई अपिल गरेका छन् ।उनले लेखेका छन्, ‘ममीसँग काम गर्दै छु । तपाईंहरु आफूलाई मन लागेको कुरा गर्नुहोस् । तर, घरबाट ननिस्कनुहोस् ।’ 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech