हरिवन २ मा ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

2.6k Shares

सर्लाहीको हरिवन नगरपालिका २ अत्रौली बेलचौतारामा सुक्रवार राती ट्याक्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । 
छिमेकी जिल्ला सिन्धुलीबाट पुरानो घरको काठ लिएर आउँदै गरेको ना ६ त ३०९३ नम्वरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक हरिवन नगरपालिका २ बेलचौताराकै ४१ वर्षीय कामी सिंह घलानको ज्यान गएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
शुक्रबार राती करिव ९ बजे ट्याक्टर सडकबाट झण्डै ३० फिट तल खोँचमा खस्दा चालक घलानको ट्याक्टरमा च्यापिएर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।अप्ठेरो ठाउँमा दुर्घटना भएकाले लामो प्रयासपछि स्काभेटर प्रयोग गरी नजिकैबाट अर्को बाटो खनेर शनिवार बिहान मृतकको शव घटनास्थलबाट निकालिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक अवधेश कुमार यादवले जानकारी दिनु भयो ।
शनिवार बिहान करिब ८ बजे हरिवन ल्याइएको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको  प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार