Close This

लालबन्दी र हरीवनका नगर प्रमुखद्धारा अध्यक्ष पन्तलाई धन्यवाद व्यक्त

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१६ गते   ४८४ पटक हेरिएको

सर्लाहीको लालबन्दी र हरिवन नगरपालिकाले नेकपा सर्लाही अध्यक्ष रेवती पन्तलाई धन्यवाद व्यक्त गरेका छन् ।अध्यक्ष पन्तको विशेष पहलमा नै आफ्नो नगरपालिकाका विभिन्न गौरबका आयोजनाहरुमा ठुलो बजेट विनियोजन भएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो ।

विहिवार संघीय सरकारका अर्थमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक गर्नु भएको आर्थिक वर्ष २०७७र०७८ को बजेटमा जिल्लाका २०ओटा स्थानिय तह मध्ये लालबन्दी नगरपालिकामा सबै भन्दा बढी ५२ करोड ५० लाख रुपैयाँ बजेट परेको छ ।
जिल्लामै सबैभन्दा धेरै बजेट लालबन्दीमा पार्न पार्टी अध्यक्ष पन्तले विशेष पहल गर्नु भएको नगर प्रमुख खड्काले बताउनु भयो । उहाँका अनुसार लालबन्दीमा वडा नम्वर १५ र १६ जोड्ने पुल, वडा नम्वर १३ नारायण डाडामा भ्यूटावर सहितको पर्यटकीय स्थल निर्माण सहित अन्य गौरबका थुप्रै योजनाहरु आव २०७७÷७८ को बजेटमा समेटिएका छन् ।
नगर प्रमुख खड्काले लालबन्दी नगरपालिकामा देशकै ठुलो एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्र निर्माणमा समेत अध्यक्ष पन्तको विशेष पहल गरेको बताउनु भयो । केन्द्रका लागि अहिले जग्गा खरिद पक्रियामा आफुहरु रहेको नगर प्रमुख खड्काले बताउनु भयो ।
त्यस्तै लालबन्दी नगरपालिका पछि आफ्नो नगरपालिकामा सबै भन्दा धेरै ४६ करोड ९३ लाख रुपैया बजेट पार्नका लागि अध्यक्ष पन्तले महत्वपुर्ण भुमिका खेल्नु भएको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाद प्रसाईले बताउनु भयो ।

नगर प्रमुख प्रसाईका अनुसार अध्यक्ष पन्त सहित आफुले अर्थमन्त्रीसँग प्रत्यक्ष भेटेर हरिवन सहित जिल्लाका महत्वपुर्ण योजनाहरु पास गराएको बताउनु भयो ।
उहाँले आव २०७७÷०७८ को बजेट अनुसार हरिवनमा रिङ्गरोड, हरिवन बजारमा व्यवसायिक भवन निर्माण, कैलाशपुरी क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने लगायतका योजनाहरु रहेका छन् ।यता नेकपा अध्यक्ष पन्तले आफुले जिल्लामा सबै क्षेत्रको आवश्यकतालाई महसुस गरि वजेट विनियोजनमा पहल गरेको बताउनु भयो ।

विशेष गरि लालबन्दी र हरिवन जिल्लाकै व्यापारिक हव भएको र  यहाँको विकासले जिल्लाकै विकासमा महत्वपुर्ण प्रभाव राख्ने भएकोले आफुले लालबन्दी र हरिवनलाई प्राथमिकतामा राखेर वजेट विनियोजन गर्न पहल गरेको नेकपा अध्यक्ष पन्तले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech