आत्माहत्याका घटनालाई निर्मूल पार्न सचेतनामुलक कार्यक्रम

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-२ गते   १५३१ पटक हेरिएको


जिल्ला प्रहरी कार्यालय सर्लाहीले आत्माहत्या सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यालय सर्लाहीले आत्माहत्या सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो ।
विश्व आत्माहत्या रोकथाम दिवसको अवसरमा “आशा जगाऔं, जीवन बचाऔं”भन्ने मुल नारासहित जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रभातफेरी सहित सचेतनामुलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । उनका अनुसार मलंगवा नगरका विभिन्न बजारहरुको परिक्रमा गर्दै तुलब्यानर र प्ले कार्डहरुका साथै प्रभातफेरी गरिएको हो ।
पछिल्लो समयमा आत्माहत्याले विकराल रुप लिने गरेको भन्दै यसको विरुद्धमा सबैलाई सचेत बनाउन कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले बताए । जिल्ला प्रहरी कार्यालय सर्लाहीसँगै, सामुदायिक प्रहरी सेवा केन्द्र,आत्माहत्या सम्बन्धी क्षेत्रमा काम गर्ने संघसंस्था,विद्यालय,युवा लगायतको संयुक्त सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकरी थानेश्वर गौतमले अमूल्य जीवनलाई खेर फाल्न नहुने बताए । उनले आत्माहत्याको रोकथामका लागि सबैलाई सचेत बनाउन सरोकारवालाले हातेमालो गर्नुपर्नेमा बताए । पछिल्लो समय आत्माहत्याका घटनाहरु निकै बढेका र यसलाई निर्मूल पार्न सचेतना फैलाउनुको विकल्प नरहेको प्रमुख जिल्ला अधिकरी गौतमले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech