माओवादी केन्द्र सर्लाहीद्धारा १७ पालिकामा कमिटि गठन, तीन पालिकामा सहमतीको प्रयास जारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२५ गते   ५८ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) सर्लाहीले ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा गठित कमिटिकोसपथ गराएको छ ।माओवादी केन्द्र सर्लाहीले जिल्लाका सबै स्थानिय निकायहरुमा आफ्नो गाउँ तथा नगर कमिटि गठन गरेको र सपथ ग्रहणको काम सकेर आज(शनिबार)बाट प्रदेशको अधिवेशन शुरु गरेको नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक कमल बुढाथोकीले जानकारी  दिनु भयो । उहाँका अनुसार नवगठित पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराई प्रमाण पत्र समेत वितरण गरिएको हो ।
ईश्वरपुर नगर कमिटिमा रामनरेश महतो अध्यक्षतामा ६५ सदस्यीय र चन्द्रनगर गाउपालिकामा सीताराम महतोको अध्यक्षतामा ५५ सदस्यीय गाउँ तथा नगर कमिटि गठन गरिएको माओवादी केन्द्र सर्लाहीका सह इन्चार्ज लुमडी धिताल(लोचन)ले जानकारी दिनु भयो । उहाँका अनुसार ईश्वरपुर नगरपालिकामा पार्टीका जिल्ला इन्चार्ज अच्यूतम काफ्ले र चन्द्रनगर नगरपालिकामा पार्टीका जिल्ला संयोजक बुढाथोकीले सपथ ग्रहण गराउनु भएको हो ।
 यस्तै, हरिपुर नगरपालिकामा सुनिल बुढाथोकीको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन भएको र पदाधिकारीहरुलाई पनि सपथ ग्रहणसहित प्रमाण पत्र वितरण गरिएको नेकपा(माओवादी केन्द्र) सर्लाहीले जनाएको छ ।
माओवादी केन्द्रको अब जिल्लाका २० वटा मध्य हरिपूर्वा नगरपालिका, रामनगर गाउँपालिका र धनकौल गाउँपालिकामा कमिटी गठन गर्न बाँकी रहेको छ । तीन वटै स्थानिय निकायमा सहमतीमै नेतृत्व छान्ने प्रयास भइरहेको माओवादी केन्द्र सर्लाहीका सह इन्चार्ज रामप्रित यादवले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech