गोडैता ७ का वडा अध्यक्ष दास पक्राउ

260 Shares

सर्लाहीको गोडैता नगरपालिका ७ का वडा अध्यक्ष विनेश कुमार दास पक्राउ परेका छन् ।गोडैता स्थित रहेको प्रहरी चौकीमा आक्रमण तथा प्रहरीलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष दासलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार दुर्गा पूजाका लागि चन्दा उठाउने विषयमा स्थानीय कारी यादवलाई रामनगर गाउँपालिका ५ का अनिल राय यादवलगायतले कुटपिट गरेको विषयमा असोज १७ गते प्रहरी चौकीमा छलफल चलिरहेको समयमा प्रहरी कर्मचारीहरु तथा प्रहरी चौकीमा आक्रमण भएको थियो ।
गोडैता नगरपालिका ७ का वडाध्यक्ष दासको नेतृत्वमा प्रहरी चौकी गोडैतामा ढुंगामुढा हुँदा सइ अवधेश प्रसाद यादवको दुई दाँत भाँचिएको र पाँच जना प्रहरी कर्मचारीहरु घाइते भएका  प्रहरीले जनाएको छ।त्यसपछि अनुसन्धान गर्ने क्रममा गोडैता नगरपालिका ७ का वडा अध्यक्ष दासलाई नियन्त्रणमा लिएर कुटपिट, अङ्गभङ्ग,ज्यान मार्ने उद्योग र आपराधिक उपद्रोे मुद्दामा अनुसन्धान अघि बढाईएको सर्लाही प्रहरीले जनाएको छ।
त्यसैगरी,वडाध्यक्ष दासलाई प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयले गोडैता बजारमा प्रदर्शन गर्दै बजार बन्द गरेका छन् ।गोडैता नगरपालिकाका जनप्रतिनिधिहरुले गोडैता नगरपालिका ७ का वडाध्यक्ष दासलाई राजनीतिक पूर्वाग्रहका कारण पक्राउ गरिएको आरोप लगाएका छन् ।तर जेन जी आन्दोलनपछि प्रहरी माथि अनावश्यक ज्यादती बढ्न थालेको   छ भने प्रहरीले पनि उच्च मनोवलका साथ काम गर्न नसकि रहेको एक प्रहरी अधिकारीले बताए ।

सम्बन्धित समाचार