जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादवलाई प्रहरीले शुक्रबार १३ दिनका लागि हिरासत मुक्त गरेको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का र यादव विच असार १९ गते फोन सम्वादमा विवाद भएपछि सोही विषयलाई लिएर प्रहरीले भदौ २४ गते यादवलाई पक्राउ गरेको थियो ।
यादवको आमाको कविलासी नगरपालिकास्थित सलेमपुर आफ्नै घरमाा निधन भएपछि आमाको १३ दिनसम्मको काजकिरिया गर्न यादवलाई शुक्रबार हिरासतबाट छाडिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।राईका अनुसार यादवले आमाको १३ दिनको काम सकेपछि पुनःहाजिर हुने गरी जमानतमा छाडिएको हो ।उनी विरुद्ध राज्यद्रोेह सहितका विभिन्न मुद्दामा कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।