बागमती मनुष्मारा झाँझ सिँचाइ प्रणालीमा बाढीका कारण करिब दुई करोडको क्षति

505 Shares

असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ व्यावस्थापन डिभिजन कार्यालय कर्मैया अन्र्तगतको भौतिक संरचनामा ठूलो क्षेती पुगेको छ । असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ व्यावस्थापन डिभिजन कार्यालय अन्र्तगत करिब रु दुई करोड बराबरको भौतिक क्षति भएको कार्यालय प्रमुख रामदुलारी शरण भगतले जानकारी दिए ।
उनका अनुसार सिँचाइ प्रणालीमा पु¥याएको क्षतिका कारण सिँचाइको कार्यमा समस्या उत्पन्न हुनुका साथै मूल नहर र शाखा नहरको (बैँक) डिल र तटबन्ध कटान गरेको,विभिन्न स्थानमा नहर तोडफोर गरेको र नहरको गेट तथा हेडवक्र्समा क्षति पु¥याएको छ ।रौटहटको महम्मदपुर,शिवनगर,भेडियाही,देवाहीगोनाही तथा जयनगर लगायत ग्रामीण क्षेत्रमा बाढीले ठाउँठाउँमा भाँझ सिँचाइ प्रणालीको संरचना भत्काएको कार्यालयले जनाएको छ।झाँझ सिँचाइ प्रणालीबाट करिब चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउँदै आएको भएपनि सिँचाइ प्रणालीमा भएको क्षतिका सम्बन्धमा अनुगमन तथा निरीक्षण गरी सो क्षतिबारे जानकारी दिएको कार्यालयले जनाएको छ ।
उक्त क्षतिग्रस्त संरचनाको मर्मत सम्भार तथा निमार्णमा ठूलो रकम लाग्ने र सो रकम कार्यालयसंग नरहेका कारण सो क्षेत्रमा लगाईएको हिउँदे बालीका लागि सिचाई सुविधा उपलब्ध गराउन नसकिने अवस्था सृजना भएको कार्यालय प्रमुख भगतले बताए।उक्त कार्यालय अन्तर्गत सिँचाइ आयोजनाको निर्माण २०३९ बाट सुरु भई २०४५ बाट कार्यान्वयनमा आएको थियो ।
सर्लाहीतर्फ हिरापुर ब्यारेज मनुष्मारा सिँचाइ प्रणाली प्रथमबाट करिब दुई हजार आठ सय हेक्टर तथा मानपुर ब्यारेज मनुष्मारा सिँचाइ प्रणाली दोस्रोबाट करिब तीन हजार दुई सय हेक्टर गरी करिब छ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउँदै आएको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।रौतहटतर्फ झाँझ सिँचाइ प्रणालीबाट करिब चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याएको छ भने  सर्लाही र रौतहट गरी कूल करिब १० हजार हेक्टर जमिनमा कार्यालयले सिँचाइ सुविधा पु¥याउँदै आएको छ । 

सम्बन्धित समाचार