Close This

लालबन्दी बजारको व्यावस्थापनको काम सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-१२ गते   ३०१ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले पुर्व पश्चीम लोकमार्ग अन्र्तगत लालबन्दी बजारको व्यावस्थापनको काम सुरु भएको लामो समयदेखि अस्तव्यास्त बजारको व्यावस्थापनगरि लालबन्दी बजारलाई सुन्दर शान्त सफा बजाउने अभियान अन्र्तगत लालबन्दी नगरपालिका मा रहेको खसी बजारको व्यावस्थापन गरि सडकबाट भित्र बजारमा सारिएको हो

सडकमै खसिबोकाको बजार हुँदा सहरको सुन्दरता हराउनुको साथै सडक दुर्घटना बढ्ने गरेको चौतर्फि गुनासो आउन थालेपछि नगरपालिकाल ईलाका प्रहरी कार्यालय लालबन्दीको संयुक्त प्रयासमा बजार व्यावस्थापनको काम सुरु गरिएको वडा नम्बर का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो।

लालबन्दी बजारमा सडकको छेउमा रहेका किराना तथा फलफुल तरकारी ठेला तथा पसलहरु हटाउन आग्रह गरिएको सडकको छेउमा किराना तथा फलफुल तरकारी ठेला तथा पसलहरु हुँदा साना तथा ठुला सवारी साधन पार्किङ्ग गर्न समेत समस्या हुनुको साथै सवारी दुर्घटना बढेको सहरको सुन्दरतामा समेत असर परेका कारण नगरपालिकाले यस्तो अभियान सुरु गरेको प्रवक्ता श्रेष्ठले बताउनु भयो उहाँका अनुसार सवारी साधनहरु पार्किङ्ग स्थलमा मात्र पार्किङ्ग गर्न,सडकको छेउछाउका किराना तथा फलफुल तरकारी ठेला तथा पसलहरु हटाउन,पशु चौपाय सडकमा  नछाड्न आग्रह गरिएको साथै  लालबन्दी नगरपालिकाले बजार क्षेत्रलाई प्लाष्टिक मुक्त सहर बनाउने तयारी समेत गरेको

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech