Close This

डेढ बर्ष देखि सिमानाका नखुल्दा मारमा परेका स्थानिय र व्यापारीहरु सिमानाका खुलैसंगै खुसी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२४ गते   २३ पटक हेरिएको

सर्लाहीको मुख्य भन्सार मलंगवा नाका दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । मुख्या नाकाबाट दुईतर्फी रुपमा सवारी साधन ओहोर दोहोर हुन थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले  जनाएको छ । 
नेपाली पक्षबाट केही साताअघि नै नाका सञ्चालन गरिएको भएपनि भारतीय पक्षले रोक लगाएका कारण सवारी साधन आवतजावत हुन सकेको थिएन् । कोरोना भाईरस संक्रमणका कारण २०७६ चैत १० गतेबाट बन्द रहेको सर्लाहीको सिमा नाका सञ्चालन भएपछि विशेषत व्यापारीहरु खुसी भएका छन् । त्यतिखेर जिल्ला स्थित १५ वटै नाका बन्द गरिएको थियो । भारतीय पक्षले नाका खोलेसँगै सवारी साधन आवागमन ह्वात्तै बढेको छ । हाललाई मलंगवा नाकामात्र खुलेको र पछि क्रमशः अन्य नाकाहरुबाट पनि सवारी साधन ओहोर दोहोर सहज रुपमा हुने जिल्ला ुमन्वय समिति सर्लाहीले जनाएको छ ।
नेपाली पक्षबाट केही दिन पहिला नै सिमानाका खुलला गरेको भएपनि अहिले भारतीय पक्षले पनि नाका खुला गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । उहाँका अनुसार ‘हाम्रोतर्फबाट त यसअघि नै नाका खुला गर्ने निर्णय भईसकेको थियो’ अहिले भारतिय पक्षले पनि नाका खुल्ला गरेपछि  सवारी साधन आवागमनमा सहज भएको छ ।’ कागजी प्रकृया र स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र नाकामा सवारी साधन आवतजावत शुरु भएको प्रहरी उपरिक्षक राठौरले बताउनु भयो ।
औपचारिक रुपमा नाका नखुल्दा सर्वसाधारणहरु खेत खोला खोल्सी तथा चोरबाटोको प्रयोग गर्न बाध्य भएका थिए । नाका खुलेसँगै दुवै देशका सर्वसाधारण एवम व्यवसायीहरु हुसी भएका छन् । विशेषगरी चाडपर्वको समयमा नाका औपचारिक रुपमा नखुल्दा भारतीय व्यवसायीहरु बढी दुःखी भएका थिए । भारतको सोनवर्षा लगायत सिमावर्ती बजारको झण्डै दुईतीहाई सेवाग्राही नेपाली नै रहेका छन् । सवारी साधन आवतजावत नहुँदा नेपाली सेवाग्राहीहरु भारतीय बजारसम्म जान सकिरहेका थिएनन् । भने आफ्ना आफ्न्तसंग भेटघाट गर्न जान आउन समेत समस्या भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech