Close This

गणपति र गुल्मपतिहरु राशनमा घोटला देखि तस्करहरुसंग लाईन खानमा व्यस्त,एक दर्जन गणपति र गुल्मपतिहरुमाथी मुखयालयद्धारा छानवीन शुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-७ गते   १०१ पटक हेरिएको


सशस्त्र प्रहरीबलका गणपति तथा गुल्मपतिहरुले राशनमा अनियमितता गरेका पाइएको छ । सशस्त्र प्रहरी माथि सीमा क्षेत्रमा आक्रमणका घट्ना बढी रहेको समयमा तालुक निकायबाट आफुहरुको राशनमा अनियमिता भएको भन्दे तल्लो दर्जाका सुरक्षाकर्मीहरु निराश भएका छन् । 
राशनमा अनियमितता र सीमा क्षेत्रमा बद्मासी बढ्दै गएपछि एक दर्जन गणपति र गुल्मपतिहरुमाथि छानवीन शुरु भएको छ । एक दर्जन भन्दा बढी सशस्त्र प्रहरी बलका गणपति र गुल्मपतिहरुमाथि मुख्यालयले छानबिन शुरु गरेको हो । प्रदेश २ अन्तर्गत सर्लाहीमा रहेको सशस्त्र प्रहरी बल हे.क्वा.नं १० गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठ , सशस्त्र प्रहरी बल हे.क्वा.नं ६ सप्तरीका गणपति सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ तथा सशस्त्र प्रहरी बल हे.क्वा.नं ७ सिरहाका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र गिरी माथी छानबिन शुरु भएको मुख्यालयले जनाएको छ ।
कञ्चनपुर लगायतका देशका विभिन्न भागमा सीमा सुरक्षामा खटिएका प्रहरी जवानहरुमाथि भारतीय तस्करहरुले आक्रमण गरेको घट्ना सेलाउन नपाउदै मुख्यालयले  गणपति तथा गुल्मपतिहरुमाथि छानवीन शुरु गरेको हो । 
बिगतदेखि नै ति जिल्लामा तस्करी बढेको र त्यसलाइ २ नम्बर बाहिनिका बाहिनी पति (डीआईजी)चन्द्र प्रकाश गौतमको समेत संरक्षण रहेको मुख्यालयको बुझाइ छ । दैनिक उपभोग्य सामानहरु पारीवारकि प्रययोजनका लागि ल्याउनेहरुका साथै माछा र आलु समात्ने तर ठुला तस्करीहरुलाई खुलम्खुल्ला छाडिदिने गरेको आरोप डीआईजी गौतम माथि रहेको छ ।
कमिसनको कुरा मिलेपछि ठूलो मात्रामा भारतबाट भन्सार छलेर भित्रने सामानहरुर ठूला तस्करहरु सिधैँ डिआईजी गौतमकोमा पुग्ने र सिमा क्षेत्रमा डिउटीमा खटिएका सिपाही,हबल्दारहरुले त्यस्ता सामानहरु नियन्त्रणमा लिएमा तस्करहरुले सिधैँ डिआईजीलाई फोन लगाउने समेत गरेका पाइएको छ ।
अहिले २ नम्बर प्रदेशबाट व्यापक मात्रामा तस्करी भइरहेको छ । यता पहाडका गुल्म बाट अधिक बिदा छोडेर राशनमा अनियमितता गर्ने माथि पनि सशस्त्र मुख्यालयले सुक्ष्म ढंगले निगरानी बढाएको जनाएकोे छ ।
विभिन्न आवरणमा निगरानी बढाइएको छ , यसमा बिशेष गरि भोजपुरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरिक्षक(डीएसपी) दिपक बराल , पांचथरका  सशस्त्र प्रहरी नायव उपरिक्षक(डीएसपी) किशोर श्रेष्ठ , दोलखाका सशस्त्र प्रहरी नायव उपरिक्षक(डीएसपी) बुद्धिनारायण महर्जन लगायत रहेका छन् । सशस्त्र प्रहरीमा गणपति र गुल्मपतिले मूख्यालयलाई छलेर अधिकतमा सिपाहीहरुलाई घर विदामा छाड्ने गरेका छन् । घर विदामा जाँदा राशन वापतको रकम गुल्मपति वा कमाण्डरलाई बुझाउने गरिन्छ । यस विषयमा सशस्त्र प्रहरी मूख्यालयको सञ्चार शाखाले अनभिज्ञता प्रकट गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech