ईप्रका हरिवनको गस्ती टोलीद्धारा हरिवन बजारबाट ८० हजार बराबरको भन्सार छलीको कपडा बरामद

3k Shares

सर्लाहीको हरिवनबाट प्रहरीले भन्सार छलीको कपडा बरामद् गरेको छ । ईलाकाप्रहरीकार्यालय हरिवनबाट खटिएको प्रहरीको गस्ती टोलीले भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा हरिवन बजारबाट  अन्दाजी रु ८० हजार बराबरको कपडा बरामद् गरेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरीप्रमुख प्रहरी निरिक्षक भुपेन्द्र गिरीले जानकारी दिनुभयो ।
 उहाँका अनुसार प्रहरीको गस्ती टोलीलाई देखेपछि भन्सार छलीका कपडा छाडेर मानिस फरार भएका थिए । हरिवन बजारमा बेवारिसे अवस्थामा फालिएको रु ८० हजार बराबरको विभिन्न किसिमका रेडिमेड कपडा बरामद गरिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
    गस्तीमा खटिएको प्रहरी टोलीले बुधबार बेलुका हरिवन नगरपालिका ११ स्थित हरिवन बजारमा  बेवारिसे अवस्थामा रहेका ४ वटा नाइलनको झोलामा राखिएका विभिन्न किसिमका रेडिमेड कपडाहरु बरामद गरेको हो ।
    बरामद् चारवटा झोलामा रहेको कपडा आवश्यक कार्यवाहीको लागि इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।ईलाका प्रहरी कार्यालय हरिवनको प्रमुख भएर प्रहरी निरिक्षक गिरी आए लगतैदेखि गैर कानुनी कार्यगर्नेहरुको निद हराम भएको छ ।

सम्बन्धित समाचार