मधेश प्रदेश सभामा नेकपा चौथो ठूलो दल,नेकपाका १५ सांसद

278 Shares

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १५ सिट सहित मधेशको चौथो ठूलो दल बनेको छ । विगतमा भएको नेकपा(माओवादी केन्द्र) सात,नेकपा(एकीकृत समाजवादी) सात र नागरिक उन्मुक्ति पार्टी एक गरी मधेश प्रदेशमा नेकपा १५ सिट भएको छ ।
माओवादी केन्द्र नौ,एकीकृत समाजवादी सात र नागरिक उन्मुक्तिका एक सिटमा २०७९ मा निर्वाचित भएका थिए ।तर,तत्कालीन माओवादी केन्द्रका दुई प्रदेश सांसद भरत प्रसाद साह र रहबर अन्सारीले गत फागुन २१ को चुनाव लड्न सांसद पद त्यागेका थिए।दलका नेतासमेत रहेका साह महोत्तरी क्षेत्र नम्बर ४ बाट पराजित मात्र भएन जमानत समेत जफत भयो।भने अन्सारी बारा क्षेत्र नम्बर ४ मा रास्वपाबाट फराकिलो मतअन्तरले विजयी भए । 
माओवादी केन्द्र,एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको एकीकरणपछि मधेशमा नेकपाको संसदीय दलका नेता युवराज भट्टराई(समिर)लाई तोकिएको छ।उनी यसअघि माओवादी केन्द्रका दलका उपनेता थिए । मधेश प्रदेश सरकारमा नेकपाको अहिले तीन वटा मन्त्रालय छ ।
एक सय सात सदस्य मधेश प्रदेश सभामा अहिले पाँच सिट रिक्त रहेको छ।हाल मधेश प्रदेश सभामा नेकपा(एमाले)को २४,नेपाली काँग्रेसको २२,जनता समाजवादी पार्टी(जसपा)नेपालको १९,नेकपा १५,जनमतको १२,लोकतान्त्रीक सामाजवादी पार्टी(लोसपा)को आठ र नेपाल संघीय समाजवादी पार्टीको एक सिट रहेको छ ।

सम्बन्धित समाचार