भारतबाट मजदुरी गरेर आएका ३९ जनामा मलेरिया सङ्क्रमण

273 Shares

छिमेकी देश भारतमा मजदुरीका लागि गएर फर्किएका ३९ जना नेपालीहरुमा मलेरियाको सङ्क्रमण देखीएको छ।भारतको सुरत,मुम्बई र दिल्लीलगायतका स्थानमा मजदुरी गरेर फर्किएका सर्लाहीको बलरा,लालबन्दी,हरिवन र हरिपुर नगरपालिकाका साथै  पर्सा गाउँपालिकाका व्यक्तिहरुमा मलेरिया देखिएको स्वास्थ्य कार्यालय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोजकुमार झाले जानकारी दिए।उनका अनुसार ३९ जना मलेरियाका सङ्क्रमितमध्ये २० जना भन्दा बढी सीमावर्ती बलरा नगरपालिका २,हथियौल जमुनिया गाउँका,एक जना लालबन्दी नगरपालिका–२, पुनर्वासका र अन्य अरु पालिकाका रहेका छन् ।
भारतमा बिरामी परेर काम गर्न नसक्ने भएपछि गाउँ फर्किएका उनीहरुको स्वास्थ्य परिक्षण गर्ने क्रममा मलेरिया पुुष्टी भएको स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।मलेरिया पुुष्टी भएका पुरुषको सम्पर्कमा आएका परिवारका सदस्य र छरछिमेकी ३६ जनाको बस्तीमै पुुगेर परीक्षण गरिएकोमा कसैमा पनि मलेरिया नरहेको पाइएको नगर अस्पताल लालबन्दीले जनाएको छ ।

सम्बन्धित समाचार