Close This

सिन्धुलीमा कोरोना संक्रमितको संख्या ३ पुग्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२३ गते   ४१४ पटक हेरिएको

सिन्धुली अस्पतालमा रहेको आइसोलेशन कक्षमा रहेका दुई जना कोरोना सङ्क्रमित उपचारको लागि अस्पताल भर्ना भएका छन् ।योसहित सिन्धुली जिल्लामा कोरोना सक्रमित व्यक्तिको सङ्ख्या तीन पुगेको छ । अस्पतालका अनुसार आज भर्ना भएका सङ्क्रमित व्यक्तिहरु तीन पाटन गाउँपालिका ३ का २५ वर्षीय युवक र कमलामाई नगरपालिका ११ का १७ वर्षीय युवक रहेका छन् । 
किटजन्य प्रयोगशाला हेटौँडामा भएको पीसीआर परीक्षणमा दुवै जनाको रिपोर्ट पोजिटिम आएको हो । त्यस्तै कमलामाई नगरपालिका १४ को चन्दनपुर माविको क्वरेण्टीनमा बस्दै आएका २३ वर्षीय युवकमा बुधबार कोरोना सङक्रमण पुष्टि भएको थियो । 
अहिले यी तीनैजनालाई उपचारका लागि सिन्धुली अस्पतालमा रहेको आइसोलेशन वार्डमा भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ ।उपचारको लागि अस्पतालमा भर्ना भएका तीनै जना केही दिनअघि भारतबाट रोजगार गुमाइ घर आएर स्थानीय क्वरेण्टीनमा बस्दै आएको सिन्धुली अस्पतालका अध्यक्ष प्रल्हादकुमार पोख्रेलले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार भारतबाट फर्किएकामध्ये महिला २३ जना र पुरुष एक सय ८४ जना रहेका छन् । त्यस्तै अरु देशबाट आएका नेपालीको सङ्ख्या एक सय एक रहेको छ । कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले पछिल्लो समय भारतबाट आएका नेपालीलाई १४ दिन क्वरेण्टीनमा राखेर स्वाब परीक्षणपछि मात्रै रिपोर्ट हेरेर घर पठाउने गरेको बताउनुभयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech