हरिपुरलाई बालविवाहमुक्त पालिका बनाउन जनप्रतिनिधिहरुको प्रतिबद्धता

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-७-२० गते   १०० पटक हेरिएको

सर्लाहीको हरिपुर नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गर्ने जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् ।हरिपुर नगरपालिकाका सबै वडा अध्यक्षहरुका साथै सरोकारवाला निकायहरु वीच भएको छलफलमा हरिपुर नगरपालिकालाई बालविवाहमुक्त नगर घोषणा गर्न प्रतिवद्धता जनाएका हुन ।युएनडिईएफ÷साप नेपालको आर्थिक सहयोग तथा हरिपुर नगरपालिकाको सहकार्यमा मुसहर महिला सशक्तिकरण सञ्जाल हरिपुरले गरेको एक कार्याक्रममा हरिपुर नगरपालिकाका सातै जना वडाअध्यक्षहरुले हरिपुर नगरपालिकालाई छिट्टै नै बालविवाहमुक्त नगरपालिका घोषणा गर्ने प्रतिबद्धता जनाउनु भएको हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पंजियारले जानकारी दिए ।

उनका अनुसार हरिपुर नगरपालिका १ का वडाअध्यक्ष नानीबाबु थापा,२ का वडा अध्यक्ष निल विक्रम थापा,३ का वडा अध्यक्ष लालमोहम्मद शेख, ५ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी,६ का वडा अध्यक्ष प्रेमहरी श्रेष्ठ,७ का वडा अध्यक्ष मनोज कुमार चौधरी र हरिपुर नगरपालिका ८ का वडा अध्यक्ष हरिबहादुर थापाले आफूहरुले नगरपालिकाभित्र क्रियाशील विभिन्न संघसंस्थाको सहयोगमा बालविवाहमुक्त नगर घोषणाको तयारी गरिरहेको बताए ।

बालविवाह नै सबै समस्याहरुको जड भएकोले यसको उन्मूलनले समाज समृद्धिको बाटोमा जाने निश्चित रहेको भन्दै नगरका जनप्रतिनिधिहरुले बालविवाहमुक्त नगर घोषणाको तयारी गर्नु भएको नगर उप प्रमुख निलम देवी यादवले बताइन् ।संविधानले पनि २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई कानूनविपरित र दण्डनिय मानेकोले हरिपुर नगरपालिकामा पनि आफूहरुले कानून विपरितका विवाह हुन नदिने पक्षमा रहेको उहाँहरुको साझा धाराणा छ ।बालविवाह र दाइजो प्रथा समाजका हानिकारक तत्व भएकोले यसको उन्मूलनका लागि तीनै तहको सरकार जोडतोडका साथ लाग्नु पर्ने नगर उप प्रमुख यादवले बताएन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech