पूर्व–पश्चिम लोकमार्ग स्थित सर्लाहीको नवलपुरबाट फुलजोर तर्फ जाँदै गरेको भन्सार छलीको ट्रक सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।पूर्व–पश्चिम लोकमार्ग स्थित सर्लाहीको नवलपुरबाट फुलजोर तर्फ जाने क्रममा लालबन्दी नगरपालिका ६ स्थित जनवादी चोकबाट विशेष सूचनाको आधारमा भन्सार छली ल्याएको ट्रकसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार भारतको बिहार राज्य जिल्ला मोतिहारी थाना मधुवन १ बस्ने ट्रकका चालक अन्दाजी २४ वर्षीय पप्पु कुमार यादव र सहचालक बिहार राज्य जिल्ला मोतिहारी थाना मधुवन २ का अन्दाजी २४ वर्षीय कुन्दन प्रसाद कुशवाहालाई बिआर ०६ जिए ५१८८ नम्बरको भन्सार छलीको ट्रक सहित नियन्त्रणमा लिइएको हो ।मंगलबार राति करिब ११ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम लोकमार्ग स्थित सर्लाहीको लालबन्दी नगरपालिका ६ जनबादी चौकबाट सो ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्ग सर्लाहीको नवलपुरबाट फुलजोर तर्फ जाँदै गरेको बिआर ०६ जिए ५१८८ नम्बरको भारतिय ट्रकलाई चेक जाँच गर्दा सवारी दर्ता किताब(ब्लु बुक)मा रहेको ईन्जिन नम्बर गाडीमा नदेखिएको र चेसिस नम्बर फरक हुँदा सवारी दर्ता र ट्रकमा देखिएको ईन्जिन नम्बर र चेसिस नम्बर अनलाइनबाट समेत चेक जाँच गर्दा सम्पूर्ण विवरण फरक देखिएपछि दुबै जनालाई ट्रकसहित नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि दुबैजना र ट्रकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक थारुले जानकारी दिए ।