सर्लाही सहित मधेशका जिल्लाहरुमा लामो समयदेखि काजमा रहेका १७ जना प्रहरी कर्मचारीहरुको रमाना गरी दरवन्दी पठाउन उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाख पथले एक घण्टे ताकेता गरेको छ ।उक्त ताकेता अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा करिब दुई वर्षदेखि विना दरवन्दी कार्यरत प्रहरी नाय निरीक्षक रविन्द्र खड्का र प्रहरी सहायक हबल्दार अर्जुन कुमार सिंह सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी नायव निरीक्षक सुनिल जङ्ग साह,प्रहरी बरिष्ठ हबल्दार अनुज कुमार चौरसिया, जिल्ला ट्राफिक प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी सहायक निरीक्षक छेदी दास, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी सहायक निरीक्षक सुनिल साह तेली, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौहतटमा कार्यरत प्रहरी हबल्दार विकास प्रसाद यादव,प्रहरी सहायक हबल्दार हरि नारायण महत्तो, ईलाका प्रहरी कार्यालय सबैला धनुषामा कार्यरत प्रहरी हबल्दार खेलानन्द यादव, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी सहायक हबल्दार रवि राई,प्रहरी चौकी इटरुवा धनुषामा कार्यरत प्रहरी सहायक हबल्दार रंजित कुमार यादव सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी सहायक हबल्दार सन्देश कुमार यादव,प्रहरी जवान रन्जित कुमार झा र राजु चौधरीका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी सहायक हबल्दार राजाराम महत्तोलाई एक घण्टा भित्रमा रमाना गर्न भन्दै परिपत्र भएको हो ।
मधेश प्रदेशका जिल्लाहरुमा अन्यन्त्र दरवन्दी रहेका प्रहरी कर्मचारीहरु विगत लामो समयदेखि कार्यरत रहेका र प्रहरी संगठनको आचरण विपरितका गतिविधिहरुमा प्राय तीनै प्रहरी कर्मचारीहरु संग्लग्न हुने गरेका भन्दे चौतर्फि आलोचना समेत हुने गरेको थियो ।
यसका साथै बागमतीमा र अन्य प्रदेश बाहेक अन्यन्त्र दरवन्दी रहेका प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी नायव उपरीक्षक वकिल बहादुर सिंहले कमिसनको भरमा संरक्षण गरी रहेका प्रहरी कर्मचारीहरु कै आरोप छ।जसले ठूलो रकम कमिसन पठाउँछन् उनीहरुको दरबन्दी अन्यन्त्र भएपनि प्रहरी नायव उपरीक्षक सिंहको संरक्षणमा मधेशका मालदार ठानिएका प्रहरी युनिटहरुमा कार्यरत रहन पाउने तर कमिसन नबुझाउने प्हरी कर्मचारीहरुलाई रमाना दिउलाने काम भएको उनीहरुको आरोप छ ।
जसमा पर्साको ड्राईपोर्टमा कार्यरत प्रहरी हबल्दार कुल बहादुर रैले,परवानीपुरमा कार्यरत प्रहरी हबल्दार महेश बढु,प्रहरी सहायक हबल्दार महेन्द्र विष्ट,परवानीपुर मै कार्यरत प्रहरी सहायक निरीक्षक आशाराम चौधरी सहितका प्रहरी कर्मचारीहरुका साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक हबल्दार देवीलाल साहको भने दरवन्दी मधेशमा नभएपनि उनीहरुको ताकेता आएको छैन् ।