सर्लाहीका २० वटा स्थानिय निकायका २ सय वडाहरुमा ३ सय १८ मतदान स्थल र ५ सय ९९ मतदान केन्द्र रहेका छन् । जिल्लामा ११ वटा नगरपालिका र ९ वटा गाउँपालिकाका गरि २ सय वटा वडाहरुमा ३ सय १८ मतदान स्थल र ५ सय ९९ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
इश्वरपुर नगरपालिकाका १५ वटा वडामा २५ मतदान स्थल र ४६ मतदान केन्द्र,बरहथवा नगरपालिकाका १८ वटा वडामा २५ मतदान स्थल र ५२ मतदान केन्द्र,बागमती नगरपालिकाका १२ वटा वडामा १७ मतदान स्थल र ३७ मतदान केन्द्र,मलंगवा नगरपालिकाका १२ वटा वडामा १९ मतदान स्थल र ३५ मतदान केन्द्र,लालबन्दी नगरपालिकाका १७ वटा वडामा २७ मतदान स्थल र ५० मतदान केन्द्र,हरिवन नगरपालिकाका ११ वटा वडामा १८ मतदान स्थल र ४० मतदान केन्द्र,कविलासी नगरपालिकाका १० वटा वडामा १९ मतदान स्थल र ३३ मतदान केन्द्र,गोडैता नगरपालिकामा १२ वटा वडामा २० मतदान स्थल र ३६ मतदान केन्द्र,बलरा नगरपालिकाका ११ वटा वडामा २३ मतदान स्थल र ३२ मतदान केन्द्र,हरिपुर नगरपालिकाका ९ वटा वडामा १४ मतदान स्थल र २८ मतदान केन्द्र,हरिपुर्वा नगरपालिकाका ९ वटा वडामा १३ मतदान स्थल र २६ मतदान केन्द्र,चन्द्रनगर गाउँपालिकाका ७ वटा वडामा १२ मतदान स्थल र २३ मतदान केन्द्र,कौडेना गाउँपालिकाका ७ वटा वडामा ११ मतदान स्थल र १९ मतदान केन्द्र,चक्रघट्टा गाउँपालिकाका ९ वटा वडामा १२ मतदान स्थल र २२ मतदान केन्द्र,धनकौल गाउँपालिकाका ७वटा वडामा १० मतदान स्थल र १८ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कार्यालय प्रमुख दिवाकर भुजेलले जानकारी दिनुभयो ।
त्यसैगरी पर्सा गाउँपालिकाका ६ वटा वडामा ९ मतदान स्थल र १६ मतदान केन्द्र,बसबरिया गाउँपालिकामा ६ वटा वडामा १० मतदान स्थल र २० मतदान केन्द्र,ब्रम्हपुरी गाउँपालिकाका ७ वटा वडामा ११ मतदान स्थल र २४ मतदान केन्द्र,रामनगर गाउँपालिकाका ७ वटा वडामा १२ मतदान स्थल र २३ मतदान केन्द्र, ,विष्णु गाउँपालिका ८ वटा वडामा ११ मतदान स्थल र १९ मतदान केन्द्र गरि कुल २० वटा स्थानिय निकायका २ सय वडाहरुमा ३ सय १८ मतदान स्थल र ५ सय ९९ मतदान केन्द्र रहेका कार्यालय प्रमुख भुजेलले जानकारी दिनु भयो ।
बैशाख ३० गतेका लागि तय भएको निर्वाचनका लागि जिल्लाको सुरक्षा व्यावस्था समेत कडा पारिएको छ भने निर्वाचनलाई लिएर छिमेकी देश भारत नेपाल आवागमन पनि ३ दिन बन्द रहने सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार स्थानीय निकायको निर्वाचन विशेष नेपाल–भारत सीमा बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठक बसी निर्णय भएको हो ।
दुबै देशका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घन्टा(तीन दिन)अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । खुला सीमानाका कारण निर्वाचनको समयमा सुरक्षा चुनौती बढ्न सक्ने भएकाले तीन दिन अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिनु भयो ।