नेपाल राहत शिक्षक जिल्ला कार्य समिति सर्लाहीले विद्यालय शिक्षा विधेयकको प्रतिलिपी जलाएका छन्।नेपाल राहत शिक्षक जिल्ला कार्य समिति सर्लाहीले भरखरै आएको विद्यालय शिक्षा विधेयक प्रति पुर्ण असहमती जनाउँदै विद्यालय शिक्षा विधेयकको प्रतिलिपी जलाएका हुन् ।
गत २७ गते संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० मा राहत शिक्षकको माग तथा बुँदाहरुलाई सम्बोधन नगरिएकोले उक्त विधेयक समग्र शिक्षक कर्मचारीहरुको लागि प्रतिगामी भएको भन्दै जलाईएको नेपाल राहत शिक्षक जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष बरुण कुमार सिंहले जानकारी दिए ।उनका अनुसार नेपाल राहत शिक्षक केन्द्रिय समितिको आव्हानमा उक्त विधेयक जलाइएको हो ।
संसदमा पेश भएको उक्त विधेयकले शिक्षा क्षेत्रलाई धरासायी बनाउने भएकोले यसअघि भएका सम्झौताहरु समावेश गरि विधेयक ल्याउन सरकारसंग माग गरिएको नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति सर्लाहीका अध्यक्ष सिंहले बताए ।अहिले पेश भएको विधेयकले राहत शिक्षक लगायत अन्य शिक्षकहरुको पेशागत विकास र संरक्षणमा वेवास्ता गरेको वताउँदै सो विधेयकलाई कालो विधेयक रहेको भन्दै राहत शिक्षकहरु आन्दोलीत भएका छन् ।
वि.सं. २०५२ देखी २०७० सालसम्म शिक्षक सेवा आयोग नखुलेका कारण सो समयमा शिक्षक आवश्यक पर्दा सरकारले राहत शिक्षकद्धारा पदपुर्ती गरेको थियो । अहिले देशभर ४० हजार राहत शिक्षक अध्यापनरत रहेको समितिले जनाएको छ ।उक्त विधेयकको विरोधमा नेपाल राहत शिक्षक केन्द्रिय समितिले आगामी असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।