नेपालको कुल जनसंख्या भन्दा दाेब्बर टेलिफाेन प्रयाेगकर्ता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१८ गते   ४७८ पटक हेरिएको

नेपालको जनसंख्या भन्दा करिब दाेब्बर टेलिफोन प्रयोगकर्ताकाे संख्या पुगेको छ । अघिल्लो आर्थिक वर्षसम्म ४ करोड १७ लाख टेलिफोन प्रयोगकर्ता  रहेका नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार टेलिफोन अपरेटिङमा ल्यान्डलाइन भने लोपोन्मुख हुने चरणमा पुगेको छ। मोबाइलले नेपालको मार्केट सेयरमा ९८ प्रतिशत हिस्सा ओगटेको छ। ८ लाख १४ हजार ल्यान्डलाइन प्रयोगकर्ता छन् भने ४ करोड ८८ लाख मोबाइल सिम प्रयोगकर्ता छन्। टेलिफोन प्रयोगकर्तामध्ये सबैभन्दा धेरै नेपाल टेलिकमका छन्।
नेपाल टेलिकमको २ करोड २५ लाख जनसंख्याले फोन प्रयोग गर्दै आएका छन्। जसमा ८ लाख १४ हजार ल्यान्डलाइन प्रयोगकर्ता छन्।
त्यस्तै एनसेलका जीएसएम प्रयोगकर्ता मात्रै १ करोड ६८ लाख पुगेका छन्। स्मार्ट सेलका २३ लाख ७५ हजार मात्रै ग्राहक छन्। टेलिफोन प्रयोगकर्तामा नेपाल टेलिकमको ५३ दशमलव ९८ प्रतिशत हिस्सा छ भने एनसेलको ४० दशमलव ३२ प्रतिशत छ। स्मार्ट सेलले ५ दशमलव ६९ प्रतिशत बजार हिस्सा लिएको छ।
ब्रोडब्यान्ड प्रयोगकर्ता पनि जनसंख्याभन्दा बढी नै छन्। एउटै ग्राहकले दुईभन्दा बढी सिम प्रयोग गर्दा प्रयोगकर्ता संख्या कुल जनसंख्याभन्दा बढी भएका हुन्। ब्रोडब्यान्डमा एडीएसएल,केबल/एफटीटीएच,वाई म्याक्स, वाईफाई,थ्रिजी,फोरजी प्रयोगकर्ता छन्।प्रयोगकर्तामध्ये १ करोड १३ लाख थ्रिजी प्रयोगकर्ता रहेका छन् भने १ करोड ८४ लाख फोरजी प्रयोगकर्ता छन्। नेपाल दूरसञ्चार कम्पनीका २ करोड १० लाख,एनसेलका ८८ लाख ५२ हजार र स्मार्टसेलका १ लाख ५२ हजार ब्रोडब्यान्ड प्रयोगकर्ता छन्।
इन्टरनेट प्रयोगकर्ता कुन कम्पनीका कति ?
इन्टरनेट प्रयोगकर्तामा सबैभन्दा धेरै वर्ल्डलिंकका छन्। उक्त कम्पनीका ६ लाख ४५ हजार प्रयोगकर्ता छन्।नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका २ लाख ९८ हजार छन् भने भायानेटको २ करोड २५ लाख प्रयोगकर्ता छन्। सुबिसु केबल नेटका २ लाख ३२ हजार ग्राहक छन्।
त्यस्तै क्लासिकटेक प्रा.लिका २ लाख ३० हजार र सीजी कम्युनिकेसनका २२ हजार ग्राहक छन्। यता डिशमिडिया नेटवर्कका पनि १ लाख ७ हजार ग्राहक छन्। वेब सर्फर नेपाल कम्युनिकसेनका ६१ हजार,टेकमाइन्ड्सको १ लाख २ हजार, ब्रोडलिंक नेटवर्कका ५२ हजार छन्। 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech