हरिहरपुरगढी गाउँपालिका फेरी एक पटक चर्चामा,गाउँपालिका अध्यक्ष वाईवा माथि अनावश्यक आरोप

91 Shares

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका फेरी एक पटक चर्चामा आएको छ।हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले आफुले नीजि प्रयोग गरेको सवारी साधनको विषयलाई लिएर हरिहरपुरगढी गाउँपालिका र गाउँपालिका अध्यक्ष वाईवा चर्चामा आएका हुन ।हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवाले साथीहरुसंगबाट बा १९ च ४३४३ नम्बरको स्कारपियो प्रयोग गरेपछि विपक्षीहरुले त्यसैलाई आधार बनाएर अनावश्यक हरिहरपुरगढी गाउँपालिका र गाउँपालिका अध्यक्ष वाईवा चर्चामा ल्याएका हुन ।
सरकारी रकमको दुरुपयोग नगरी तथा भत्ता समेत नलिई राज्यलाई आर्थिक बोझ नहोस भन्नका लागि नीजि गाडी प्रयोग गरेर राज्यबाट सो वापतको रकम(भाडा) समेत नलिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवाले बताए ।उनले भने“साथीहरुको नीजि सवारी साधन प्रयोग गरेर भाडा समेत नलिई राज्यको आर्थिक भार कम गराउने काम गर्दा राजनीतिक प्रतिसोध साध्नेहरुलाई नपचेको हो।”आफुले नीजि गाडी प्रयोग गरेर राज्यबाट भाडा नलिएको भएपनि अनावश्यक बद्नाम गराउने काममा केही राजनीतिकर्मीहरु लागेका उनले कमलामाई मिडिया प्रा.लिलाई बताए ।
केही महिना पहिला सकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा जमानत जफत भएपछि राजनीति रुपमा विचलित भएका केही अराजक पात्रहरुले आफु र गाउँपालिकालाई बद्नाम गराउने काम गरेका र त्यो महँगो पर्ने गाउँपालिका अध्यक्ष वाईवाले बताए ।केही महिना पहिला सकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवारलाई हराउन जालझेल गर्ने र आफ्नो जमानत जफत भएर राजनीतिबाट पत्तासाफ भएका केही मानिसहरुले आफुहरुलाई बद्नाम गराउन खेलेको खेल धेरै दिन नटिक्ने पनि गाउँपालिका अध्यक्ष वाईवाले बताए ।उनका अनुसार जसले सरकारी सम्पतीको चरम दुरुपयोग गरेका छन् तीनै मानिसहरुले छटपटाहटमा परेर आफुलाई बद्नाम गराउन खेलेको खेलले आफुलाई केही फरक नपर्ने पनि गाउँपालिका अध्यक्ष वाईवाले बताए ।

सम्बन्धित समाचार