Close This

बन्द रहेको आइसोलेशन सञ्चालनको तयारीमा लालबन्दी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१६ गते   २५१ पटक हेरिएको

कोभिड १९ को नयाँ लहरले सबैलाई त्रसित बनाएको बेला बन्द भएका क्वारेन्टाइन सेन्टर धमाधम सञ्चालनमा आउन थालेका छन् ।
 सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित बन्द आइसोलेसन केन्द्रलाई संञ्चालनमा ल्याउने तयारी गरिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो ।
यस अघि अस्थायी केन्द्रको रुपमा संञ्चालित केन्द्र प्रयोगविहिन अवस्थामा भएकोले मर्मत सम्भार र सरसफाई गरी जनशक्तिको व्यावस्थापन गरि  सञ्चालनमा ल्याउने तयारी गरिएको नगर प्रमुख खड्काले बताउनु भयो  । सो आईसोलेसनमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको टोली खटिने नगरपालिकाले जनाएको छ । 
त्यसैगरी जोखिम क्षेत्रबाट आएकाहरू होम आइसोलेसनमा वसे नवसेको निगरानि पनि गरिने छ । यस अघि पनि जिल्लाकै सुविधा सम्पन्न आइसोलेसनको रुपमा रहेको लालबन्दी नरगपालिका १ को आइसोलेसन व्यावस्थापनमा नगरपालिका जिम्मेवार भएर लाग्ने नगर उप प्रमुख शान्ती लामाले बताउनु भयो । लालबन्दी नगरपालिका १ मा रहेको उष्ण प्रादेशिय बागवानी केन्द्रको भवनमा तयार पारिएको आइसोलेसन पुन ः सञ्चलनको तयारीका लागि बिहीबार नगरका जनप्रतिनिधिहरु ,स्वास्थ्यकर्मीहरु,नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले अनुगमन गरि आवश्यक परेको खण्डमा सञ्चालन गर्न सक्नेगरि तयारी अवस्थामा राख्ने तयारी गरेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech