असई भट्टराईको महिनावारी रकम असुली धन्दा,प्र.नी दोङ्ग बेखबर

3.8k Shares

 जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका असइ ठाकुर भट्टराई कमिसनको खेलमा लागेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा हालीमुहाली गरि रहेका असई भट्टराईले गजुरमुखी निर्माण सेवा प्रालीबाट मासिक रु ५ हजार असुल्नेगरेका छन् । उनले गजुरमुखी निर्माण सेवा प्रालीका कर्माचारी सुमन पौडेल मार्फत मासिक रु ५ हजार बुझ्ने गरेका पौडेलले नै बताउनु भयो । 
जिल्लाका यातायात व्यावसायीहरु लगायतसंग महीनाबारी असुल्ने गरेको पाइएको छ । उनले जिल्लाका अटो व्यावसायीहरुबाट मासिक रु ४ हजार मयुरी व्यावसायीहरुबाट मासिक रु ३ हजार ५ सय र म्याजिक तथा माइक्रोहरुबाट मासिक रु १० हजार असुल्ने गरेका एक यातायात व्यावसायी कपिल खड्काले बताउनु भयो ।
सर्लाही नै घर भइ विगत करिब ६ वर्षदेखि जिल्लामै रहँदै आउनु भएका असइ भट्टराइले टयाक्टर लगायत मालवाहक सवारी साधनहरुबाट समेत महिनाबारी असुल्ने गरेका यातायात व्यावसायीहरुले नै बताएका छन् । असई भट्टराईले दुर्घटना भएका सवारी साधनहरुलाई मिलाइ दिने बाहनामा,मालबाहक सवारी साधनहरुलाई लाईन मिलाइ दिने बाहनामा,विल बुक हराएका सवारी साधनहरुको सिफारिस दिने बाहनामा माहिनावारी असुल्ने गरेका एक प्रहरी अधिकारीले बताएका छन् । यस अघिका प्रहरी निरिक्षक सुर्यनारायण यादवका विश्वास पात्रको रुपमा रहेका असई भट्टराई अहिले पनि प्रहरी निरिक्षक केदारमान दोङ्गको विश्वास पात्रको रुपमा रहेर बसेका छन् । तर उनले असुल्ने कमिसनका बारेमा आफुलाई कुनै जानकारी नै नभएको र त्यस्तो भेटिएमा आवश्यक कार्बाही गर्ने प्रहरी निरिक्षक दोङ्गले बताउनुभयो । 
जताततैबाट महिनावारी असुल्न पल्केका असइ भट्टराइ जहिले पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यलय प्रमुखको विश्वास पात्रको रुपमा रहेर जिल्लामा आफुलाई कमिसन बढी हुने स्थानमा पठाउने र कमिसन कम दिनेलाई कम कमाइ हुने स्थानमा पठाउने काममा सकेत अब्बल देखिएका एक प्रहरी अधिकारीले बताए । 
असई भट्टराईले आफु जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको प्रमुख भएझैँ गरि जिल्ला भित्रका सबै युनिटहरुको सरुवा गर्ने काम देखि कमिसन असुल्ने सम्मको काम गरेको एक प्रहरी अधिकारीले नै बताएका छन् । सो विषयमा प्रदेश नं. २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयालाइ जानकारी  नभएको पनि होइन तर उनलाइ अन्यन्त्र पठाउने विषयमा प्रदेश नं. २ प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया मौन देखिएको छ ।

सम्बन्धित समाचार