बालक अपहरण गरि बन्धक बनाउने तीन जना हतियारसहित पक्राउ

288 Shares

बालक अपहरण गरि बन्धक बनाउने एक भारतिय नागरिक सहित तीन जनालाई हतियार सहित सर्लाही प्रहरीले पक्राउ गरेको छ।भारतीय अन्दाजी १५ बर्षिय बालकलाई अपहरण गरि सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ४ को एक घरमा ल्याएर राखेको सूचना प्राप्त हुना साथ खटिएको प्रहरी टोलीले बालकको उद्धार गरी तीनजना अपहरणकारीलाई कटुवा पेस्तोल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पुस २८ गते भारतीय अन्दाजी १५ वर्षका बालकलाई अपहरण गरि बन्धक बनाई राखेका भन्ने सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले ब्रम्हपुरी गाउँपालिका ४ का अन्दाजी ६८ बर्षिय रामजी साह,सोहि ठाउँका अन्दाजी १९ बर्षिय बिक्रम पासवान र अर्का भारतको बिहार राज्य सीतामाणी राजवाडा ग्रामपंचायत मुसहर्निया टोलका अन्दाजी २७ बर्षीय प्रवचन साहलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल,त्यसमा प्रयोग हुने दुई राउण्ड गोलि,एक थान मोबाइल,एक थान सानो धारिलो चक्कु,एक थान हथौडा र एक थान बिआर ०६ बिटी २८५० नम्बरको भारतीय मोटरसाईकल बरामद् भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठले बताए ।नियन्त्रणमा लिइएका तीनै जनालाई अपहरण,शरीर बन्धक तथा हातहतियार खर खजाना सम्बन्धि कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार