सर्लाहीको गोडैताका मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाए

197 Shares

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन्।गोडैता नगरपालिका–१० सिसौटियाका अन्दाजी ४२ वर्षीय विवेक मण्डलले घरदेखि करिव दुई सय मिटर पर शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।आफैले आफूलाई आगो लगाउँदा जलेर गम्भीर घाइते युवकको प्रादेशिक अस्पताल मलंगवामाा प्राथमिक उपचार पञ्चात हेलिकप्टबाट काठमाण्डौँ पठाईएको सर्लाही प्रहरीले जनाएको छ ।
घाइते युवकलाई थप उपचारका लागि काठमाडौं लैजान विराटनगरतर्फबाट आएको हेलिकप्टर मौसम खराबीका कारण ल्याण्डिङ् हुन नसकेपछि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर मगाई उनलाई उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले बताए । उनका अनुसार घाइते युवकको शरीरको अधिकांश भाग जलेको र युवकले आत्मदाहको प्रयास गर्नुको कारण खुल्न सकेको छैन् ।काठमाडौँमा बिहीबार पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाइ आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको शुक्रबार निधन भएको थियो।काठमाडौँको उक्त घटना सेलाउन नपाउँदै सर्लाहीको गौडेतामा सोही प्रकारको अर्को घटना भएको हो ।

सम्बन्धित समाचार