बागमती ८ काे नव जनजागरण मा.वि उत्कृष्ठ घाेषणा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-७ गते   ५९५ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी

सर्लाहीकाे बागमती  नगरपालि ८ स्थित रहेकाे नवजन जागरण मावि नगरका विद्यालयहरु मध्ये उत्कृष्ट बन्न सफल भएको छ ।  बागमती नगरपालिकाका सबै २५ वटै सामुदायिक विद्यालयहरुकाे व्यवस्थापन र शैक्षिक सुधारकाे मुल्यांकन गर्दा नवजन जागरण मा.वि अब्बल देखिएकाे छ । 

शिक्षा तथा मानव श्रोत विकास केन्द्रले विद्यालयकाे शैक्षिक तथा व्यावस्थापकिय र प्रशासनिक गतिविधिहरुलाई मुल्यांकन गर्दै नवजन जागरण मा.विलाई अव्वल घाेषणा गरेकाे बागमती नगरपालिकाकाे नगर शिक्षा शाखा का प्रमुख मीन प्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार असार ५ गते प्रकाशन गरेको सुचना अनुसार बागमती नगरपालिका ८, मा रहेको नवजन जागरण माध्यमिक विद्यालय उत्कृष्ठ ठहर हुदै प्रोत्साहन रकम प्राप्त गर्न सफल भएको हो ।

नेपाल सरकार शिक्षा मन्त्रालय अन्तरगत शिक्षा तथा मानव श्रोत विकास केन्द्रकाे  उच्चतम अंक प्राप्त गरी नव जनजागरण माध्यमिक विद्यालय शंकरपुरले रु ५ लाख प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक बद्रि पोखरेलले जानकारी दिए ।

उनका अनुसार नगरका जनप्रतिनिधि,विद्यालय व्यावस्थापन समिति,शिक्षक एवम अभिभावकहरुकाे  अथक प्रयासबाट विद्यालय उत्कृष्ठ बन्न सफल भएको हाे । नवजन जागरणले बालबालिका मैत्री,मन्टेश्वरी, व्यवहारिक ज्ञान सहितको प्रविधि मैत्री शिक्षण पद्धतीका साथै पढ्दै कमाउँदै कार्यक्रम समेत सञ्चालन गरि रहेकाे नगर शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।

बागमती नगरपालिका भित्र रहेका २५ वटै सामुदायिक विद्यालयहरुकाे शैक्षिक  तथा प्रशासनिक र भाैतिक सुधारमा नगरपालिका निरन्तर लागि परेकाे नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए । उनका अनुसार सामुदायिक विद्यालयहरुकाे शैक्षिक तथा प्रशासनिक र भाैतिक सुधारमा लागि नगरपालिकाले पहिलाे प्राथमिकता दिएकाे छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech