हरिवनमा माओवादी केन्द्रका अगुवा नेता कार्यकर्ता भेला एवम प्रशिक्षण

एसपि गौरव    प्रकाशित: २०८०-७-१८ गते   २३८ पटक हेरिएको

नेकपा (माओवादी केन्द्र) हरिवनले अगुवा नेता कार्यकर्ता भेला एवम प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।शनिवार हरिवन नगरपालिका ९ स्थित  डुम्रिघारीमा एक कार्यक्रमकाे आयाेजना गरि माओवादी केन्द्र हरिवन नगर कमिटिले नगर स्तरिय अगुवा नेता कार्यकर्ता भेला एवम प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको माओवादी केन्द्र हरिवन नगर कमिटिका अध्यक्ष अर्जुन पन्तले जानकारी दिए । उनका अनुसार कार्यक्रममा हरिवन नगरपालिका अन्तरगतका ११ वटै वडाका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियाे ।


 माओवादी केन्द्रका उप सचिव तथा मधेश प्रदेश इन्चार्ज लिलामणी पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीको तीन महिने अभियानलाई सफल बनाउने विषयमा प्रशिक्षण तथा भेला गरिएको हाे । प्रशिक्षणको क्रममा पार्टीलाई देशमै सर्वाधिक समानुपातिक मत प्राप्त भएको सर्लाही जिल्ला सम्भावनाको खानी रहेको कार्यक्रमका प्रमुख अतिथि एवम मधेश प्रदेश ईन्चार्ज पाेखरेलले बताए ।


माओवादी केन्द्र हरिवन नगर कमिटिका अध्यक्ष पन्तको अध्यक्षतामा सम्पन्न प्रशिक्षण तथा भेलामा पार्टीका जिल्ला इन्चार्ज अच्युतम काफ्ले, केन्द्रिय सदस्य दिप बहादुर योन्जन, नेता एकराज थापा,माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल), माओवादी केन्द्र मधेश प्रदेश कमिटि सदस्य एवम बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा  लगाएतको आतिथ्यता रहेको माओवादी केन्द्र हरिवन नगर कमिटि सचिव गौरी महतोले जानकारी दिए ।

 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech