भारतिय नागरिकका २ छोरा र १ छोरीलाई वंशजको नेपाली नागरिकता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-६-५ गते   १०६६ पटक हेरिएको

सर्लाहीको इश्वरपुर नगरपालिका १ स्थित चौलिखाका राम विश्वास साहले नेपाली नागरिकता लिने तयारी गरेका पाइएको छ ।छिमेकी देश भारत स्थायी ठेगाना भएका साहका दुई छोरा र एक छोरीले वंशजको आधारमा नेपाली नागरिकता लिई सकेका छन् भने साहले पनि नेपाली नागरिकता लिने तयारी गरेका पाइएको हो ।साहका छोरा नागेन्द्र साह र रवि कुमार साह छोरी फुल कुमारी देवी साहले आफ्ना बुबा राम विश्वासको मृत्यु भएको भन्दै वंशजको आधारमा नेपाली नागरिकता लिई सकेका छन् ।तर बुबा रामविश्वास जीवितै छन् ।अहिले भारतिय नागरिक रामविश्वासले नेपाली नागरिकता लिने तयारी गरेका पाइएको हो ।
भारतिय नागरिक नागेन्द्र,रवि र फुल कुमारीले जीवित बुबा राम विश्वासको मृत्यु भएको भन्दै वंशजको नाममा लिएका नेपाली नागरिकताहरुको प्रतिलिपि कमलामाई मिडिया प्रा.लिलाई प्राप्त भएपछि अनुसन्धान गर्ने क्रममा राम विश्वासको मृत्यु नभएको र उनी भारतिय नागरिक रहेका कारण आफुहरुलाई नागरिकता लिन सहज बनाउन बुबाको मृत्यु भएको भन्दै कुनै कागजात पेश नगरि नेपाली वंशजको नागरिकता लिएको रहस्य बाहिरिएको हो ।फुल कुमारीका छोरा एवम नागेन्द्र र रविका भान्जा रन्जित साह ईलाका प्रशासन कार्यालय हरिवनको सुब्बा पदमा रहेका र उनैको आडमा जीवित बुबा राम विश्वासलाई मृत्यु भएको भनी आफ्नो वंशजको नेपाली नागरिकता बनाएका प्रमाण फेला परेको हो ।
रामविश्वासले नेपाली नागरिकता लिन प्रक्रिया सुरु गरेपछि ईलाका प्रशासन कार्यालय हरिवनले आवश्यक बुझि मुचुल्का बनाएर पठाउन भन्दै २०८० साउन २९ गते चलानी नं. ६३६ राखेर प्रहरीलाई परिपत्र गरेपछि भारतिय नागरिक रामविश्वासले नेपाली नागरिकता लिन खोजेको रहस्य बाहिरिएको हो ।नागेन्द्र र रविका भान्जा एवम फुल कुमारीका छोरा ईलाका प्रशासन कार्यालय हरिवनका सुब्बा रन्जितको आडमा नेपाली नागरिकता बनाउँदाका बखत मृत्यु भएका भनिएका उनीहरुका बुबा राम विश्वासको नागरिकता तथा मृत्यु दर्ता कुनै पेश नभएको समेत पाइएको छ ।
यता,ईश्वरपुर नगरपालिका १ का वडा अध्यक्ष धर्मेन्द्र कुमार यादवले वडा कार्यालयले त्यस प्रकारका कुनै सिफारिस नगरेको र उनीहरु भारतिय नागरिक नै रहेका बताएका छन् ।वडा अध्यक्ष यादवले नागेन्द्र,रवि र फुल कुमारीको नागरिकता आफु वडा अध्यक्ष हुनु भन्दा पहिला नै बनेको र रामविश्वासको नेपाली नागरिकता बनाउने विषयमा वडामा कुरा आएको स्विकार गरे ।त्यस्तै वडा कार्यालयबाट अनुसुचि २ को फारम भरेर पठाउने गरिएको र त्यस प्रकारका सिफारिस दर्ता चलानी वडामा नहुने गरेको वडा सचिव संजिव कुमार साहले बताए । नागेन्द्र,रवि र फुल कुमारीले आफ्ना बुबा रामविश्वासको नागरिकता नहुँदा पनि कसरी वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरे भन्ने विषय चासोको विषय बनेको छ ।उनीहरुको नाममा जिल्लाका विभिन्न स्थानमा जग्गा र इश्वरपुर नगरपालिका १ चौलिखा बजारमा रवि हार्डवेयर र कपडा पसल समेत रहेको छ ।भने हार्डवेयर तथा कपडा छिमेकी देश भारतबाट भन्सार छली आफ्नो पसलमा ल्याउने र विक्रि वितरण गर्ने गरेको समेत स्थानीयले बताएका छन् ।
यता,कमलामाई मिडिया प्रा.लिले नागेन्द्र,रवि र फुल कुमारीको नागरिकताका साथै उनीहरुका बुबा रामविश्वासको नागरिकता सिफारिसको विषयमा चासो राखेर अनुसन्धान सुरु गरेपछि नागेन्द्रले विभिन्न मानिसहरु मार्फत फोन लगाउन थालेका छन् ।भने ईलाका प्रशासन कार्यालय हरिवनका सुब्बा रन्जीतले सर्लाहीबासीले आफ्ना हजुर बुबा रामविश्वासको नेपाली नागरिकता बनाउने विषयलाई कसैले रोक्न नसक्ने भन्दै हबला दिन थालेका छन् । सो विषयमा बुझ्न नागेन्द्रको रवि आर्डवेयरमा पुग्दा नागेन्द्रले कुनै कुरा बोल्न चाहेनन् । यसबाट पनि उनीहरुको नागरिकता माथी सहजै शंका गर्न सकिन्छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech