सर्लाही प्रशासनले सर्लाहीको सिमानाकामा सुरक्षा व्यवास्थामा कडाई गर्ने भएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमणको तेस्रो लहर व्यापक रुपमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले सिमा नाकामा थप कडाई गर्ने भएको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले सीमा क्षेत्रमा हेल्थ डेक्स राखेर भारतबाट आउनेहरुको स्वास्थ्य परीक्षण गर्ने र सिमानाकाको सुरक्षा व्यावस्थामा थप कडाई गर्ने निर्णय गरेको हो ।
डीसीसीएमसीको बैठकले जिल्लाको भारतसँग सीमा जोडिएका प्रत्येक स्थानिय निकायको नाकाहरुमा हेल्थ डेक्स राख्ने साथै सिमानाकामा सुरक्षा व्यावस्थामा कडाई गर्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार ती हेल्थ डेक्सहरुमा भारततर्फबाट आउनेहरुको शरीरको तापक्रम परीक्षणसहित कोरोना भाइरसको संक्रमण जस्तो लक्षण देखिए एन्टिजेन टेष्ट समेत गर्ने निर्णय भएको छ ।
जिल्लाका स्थानिय निकायहरु आफैले आ–आफ्नो ठाउँमा हेल्थ डेक्स खोल्ने र स्वासथ्य परिक्षणलाई प्राथमिकता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । यस्तै, कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गर्ने,जनचेतना जगाउन स्थानिय निकाय, स्वास्थ्य कार्यालय, प्रहरी प्रशासन लगायत सबै सरोकारवाला निकायले प्रचारप्रसार गर्ने, तपाईको मास्क खोई ? अभियान संचालन गर्ने लगायतका निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एवम डीसीसीएमसी सर्लाहीका संयोजक गौतमले बताउनु भयो ।
बैठकमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साह, भारतसँग सिमा जोडिएका स्थानिय निकायमा प्रमुखहरु,जिल्ला समन्वय समितिका समन्वय अधिकारी होमनाथ सुवेदी, जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुखहरु,सुरक्षा निकायका प्रमुख, नागरिक समाज, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । सर्लाहीसँगै सीमा जोडिएको भारतको बिहारमा व्यापक रुपमा कोरोना संक्रमण फैलिएपनि सर्लाहीको सीमा नाकामा अहिलेसम्म कुनै सर्तकर्ता अपनाइएको थिएन् ।
खुला सीमाबाट बिना परीक्षण र सतर्कता विना निर्वाध रुपमा नागरिकहरुको आवतजावत भइरहेको छ । जसले जिल्लामा पनि कोरोना संक्रमण पैmलने जोखिम धेरै रहेको भन्दै चिकित्सकहरुले स्वास्थ्य सावधानी अपनाउन जरुरी रहेको बताएका छन् । भने चिकित्सकहरुले जिल्लाबासीहरुलाई पनि नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्डहरुको पालना गर्न आग्रह गरेका छन् ।