ना.सु.थापा मगर कर्मचारी निजामती,काम राजनीति

1.2k Shares

हुलाक कार्यालय मिथिला नगरपालिका ढल्केबर धनुषामा कार्यरत ना.सु.सुर्य बहादुर थापा मगर निजामती सेवाका कर्मचारीहरुको आचरण विपरिच चलेका पाइएको छ।आफुलाई हुलाक विभागको महानिर्देशक सम्झीने ना.सु.थापा मगरको कार्यालय भित्र निकै ज्यादती बढेको उनका समकक्षीहरु बताउँछन् ।निजामती कर्मचारी भएर पनि निजामती सेवा ऐन २०४९ को परिच्छेद ७ को ४१ र ४२,निजामती सेवा नियमावली २०५० को परिच्छेद ९ र नियम १२२ र निजामती सेवाका कर्मचारीहरुको आचरण सम्बन्धी नियमावली २०६५ विपरित चल्ने ना.सु.थापा मगर बिदाको निवेदन लेखि बिदा स्वीकृत समेत नगरी विभाग र नेताहरुको घर दैलोमा पुग्ने गरेका पाइएको हो ।
कार्यालय समयमा कार्यालयमा नआउने र महिना महिना दिनमा काज सरुवा गर्न साथै कार्यालयका कर्मचारीहरुलाई राजनीतिक फोन लगाएर धम्क्याउन लगाउने लगायतका कामहरुमा  ना.सु.थापा मगरको दिनचर्य बितेको पाइएको हो ।हुलाक कार्यालय मिथिला नगरपालिका ढल्केबर धनुषामा काजमा कार्यरत ना.सु.थापा मगर निजामती कर्मचारी भएपनि कार्यालयमा कार्यरत अन्य कर्मचारीहरु विच एक अर्कालाई कुरा लगाएर झगडा लगाउने,निजामती कर्मचारी भएर राजनीति गर्ने,छोटो समयमा कार्यालयहरु चहारि रहने,जहाँ गएपनि सूचना अधिकारी तथा प्रशासन शाखा चाहिने,बिदाको निवेदन छाडेर बिदा स्वीकृत नगरी आफुखुसी हिड्ने गरेका साथै कार्यलय समयमा कार्यालयमा नआउने लगायतका काम गरेका पाइएको छ।हुलाक सेवा विभाग र विभिन्न राजनीतिक दलहरुको घर दैलोमा धाएर आफुलाई मन नपरेका आफ्नै विभागका कर्मचारीहरुलाई अनावश्यक दूःख दिने काममा उनी व्यस्त रहने गरेका पाइएको हो ।
यता,ना.सु.थापा मगर बिदामा बसेका वा कार्यालयमै रहेका भन्ने विषयमा मधेश प्रदेश हुलाक निर्देशनालय जनकपुरधाम धनुषा समेत बेखरबर देखिएको छ।ना.सु.थापा मगर बिदामा बसेका हुन?उनको बिदा स्वकिृत भएको छ?उनी निजामती सेवा ऐन २०४९ को परिच्छेद ७ को ४१ र ४२,निजामती सेवा नियमावली २०५०को परिच्छेद ९ र नियमन १२२ र निजामती सेवाका कर्मचारीहरुको आचरण सम्बन्धी नियमावली २०६५ विपरित छन् की छैनन् भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा मधेश प्रदेश हुलाक निर्देशनालय जनकपुरधाम धनुषाका निमित्त प्रमुख विवेक ढुंगाना बेखरबर देखिएका छन्।उनले आफुलाई ना.सु.थापा मगरको बिदाको सवालमा कुनै जानकारी नभएको र उनको बिदा स्वीकृत नभएको बताए।उनले ना.सु.थापा मगरको विषयमा आफुलाई कुनै जानकारी नभएको र आफुले बुझेर बताउने भन्दै बेखबर रहेको पुष्टि गरे ।
यता,हुलाक सेवा विभागका निर्देशक एवम सूचना अधिकारी ध्रुुव राज आचार्यले निजामती कर्मचारीले आचरण विपरितका गतिविधिहरु गर्न नहुने र के भएको हो सो विषयमा बुझेर भन्ने बताए।उनले निजामती कर्मचारीले निजामती सेवा ऐन २०४९ को परिच्छेद ७ को ४१ र ४२,निजामती सेवा नियमावली २०५०को परिच्छेद ९ र नियमन १२२ र निजामती सेवाका कर्मचारीहरुको आचरण सम्बन्धी नियमावली २०६५ विपरितका साथै राजनीति गर्नै नहुने बताए ।
त्यसैगरी,जिल्ला हुलाक कार्यालय सिन्धुली दरबन्दी भई हुलाक कार्यालय मिथिला नगरपालिका ढल्केबरमा कार्यरत ना.सु.थापा मगरले आफुले कुनै समयमा राजनीतिक दवाव सृजना गराएको,बिरामी परेर तत्काल हिड्न पर्ने भएकाले बिदाको निवेदन छाडेर बिदा स्वकिृत नगरी हिडेको र कार्यालय प्रमुखले भनेको नमानेको स्वीकर गरे।साथै उनले अन्य विषयमा आफुमाथि लागेका आरोपहरु झुटा रहेको दाबी गरे । 
निजामती ऐन र कर्मचारीको सवालमा के व्यावस्था छ ?
निजामती सेवा ऐन २०४९ को परिच्छेद ७ को ४१ मा समय पालना र नियमितता,स्वीकृती नलिई कामबाट अनुपस्थित हुन नहुने र ४२ अनुशासन र आज्ञापालक हुनु पर्ने माथिल्लो निकाय र माथिल्लो दर्जाबाट आएको निर्देशन पालना गर्नु पर्ने,आफुभन्दा माथिल्ला कर्मचारीहरुलाई आदर र आफु भन्दा मुनीका कर्मचारीहरुलाई उचित व्यवहार गर्नु पर्ने, निजामती सेवा नियमावली २०५० को परिच्छेद ९ मा निजामती कर्मचारीको सबै समय नेपाल सरकारको अधीन हुने साथै कार्यालय समय,समय पालन र हाजिरी नियमित हुनु पर्ने,कार्यालयमा पटक पटक ढिलो आउने चा“डो जाने तथा कार्यालयको काममा बाहेक कार्यालय समयमा स्वीकृती नलिई कार्यालय छोड्ने निजामती कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले गयल कट्टी गर्ने,मुनासिब माफिको कारण बाहेक बिदा  स्वीकृत नगरी कुनै पनि निजामती कर्मचारी आफ्नो कार्यालयमा अनुपस्थित हुनु नहुने,निजामती सेवा नियमावली २०५० को नियमन १२२ मा निजामती कर्मचारीले आफ्नो कर्तव्य पालना गर्दा सेवाग्राहीहरु प्रति समान किसिमको व्यवहार गर्ने,राष्ट्र र जनताको वृहत्तर हितलाई प्राथमिकता दिने,वस्तु तथा सेवाको वितरणको मापदण्ड र कार्यविधिको पारदर्शिता कायम राख्ने,सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने,साधन र स्रोतको मितव्ययितापूर्वक परिचालन गर्ने,कार्य सम्पादन प्रकृयालाई सरलीकरण गर्ने,न्यूनतम समयमा कार्य जिम्मेवारी सम्पादन गर्न प्रयत्नरत रहने,आधारभूत मानवीय मूल्य र मान्यता प्रति सम्मान गर्ने र सबै समुदाय र क्षेत्र प्रति समान दृष्टिकोण राखी समान व्यवहार र सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ।तर ना.सु.थापा मगरले निजामती सेवाका कर्मचारीहरुको आचरण सम्बन्धी नियमावली २०६५ विपरितका गतिविधि गर्दा अन्य  कर्मचारीहरु समेत मारमा परेका छन् ।उनले आफ्नो मासिक हाजिरी जिल्ला हुलाक कार्यालय सिन्धुली नपठाएका कारण त्यहाँ कार्यरत कर्मचारीहरुले तलब खान समेत नपाएको गुनासो गरेका छन् ।

सम्बन्धित समाचार