सर्लाहीको बागमती नगरपालिका १२ का सर्लाहीकै पहिलो शहिद परिवारको आवाश निर्माण गर्ने काम अन्तीम चरणमा पुगेको छ । सर्लाहीका प्रथम शहिद इन्द्र कोइरालाका परिवारलाइै नेकपा(माओवादी केन्द्र) सर्लाहीको पहलमा आवाश निर्माणको काम जारी रहेका छ ।
२०५५ साल कार्तिक १० मा तत्कालीन जनयुद्धको क्रममा क्रुर शासकहरुसंगको लडाईमा कोईरालाको ज्यान गएको थियो । २ छोरा र २ छोरी रहेका कोइराला परिवारलाई माओवादी केन्द्र सर्लाहीका सैयोजक कमल बुढाथोकीको विशेष पहलमा आवाश निर्माणको काम शुरु भएको थियो । करिब रु २२ लाख लाग्ने आवाश बैशाख सम्ममा निर्माण सम्पन्न गरी स्व.कोइरालाकी धर्मपत्नी लक्ष्मी कोईरालालाई हस्तान्तरण गर्ने आफुहरुको योजना रहेको योङ्ग कम्युनिष्ट लिग नेपाल मधेश प्रदेशका संयोजक एवम शहिद परिवार आवाश निर्माण समितिका अध्यक्ष मोहनलाल श्रेष्ठ(सन्देश)ले जानकारी दिनु भयो ।
माओवादी केन्द्र सर्लाहीले देशैभरमा पहिलो पटक शहिद परिवारकोआवाश निर्माणको काम शुरु गरेको र बैशाखमा आवाश निर्माण तयार पारी माओवादी केन्द्रका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले शहिद परिवारलाई आवाश हस्तान्तरण गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र सर्लाहीका संयोजक बुढाथोकीले जानकारी दिनु भयो ।
आवाश निर्माणका लागि माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुबाट आर्थिक तथा निर्माण सामाग्री जुटाएर काम भई रहेको आवाश निर्माण समितिले जनाएको छ । बागमती नगरपालिकाले करिब २४ धुर जमिन उपलब्ध गराएको र सोही जमिनमा शहिद आवाश गृह निर्माणको काम जारी रहेको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिनु भयो । उहाँका अनुसार शहिद आवाश निर्माणको काम अन्तीम चरणमा पुगेको र अहिले छत ढलानको काम सकिएको छ ।