Close This

प्लाष्टिक झोलामुक्त नगर बन्दै लालबन्दी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-१० गते   ३९४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले नगरको मुटु लालबन्दी बजारलाई सफा सुग्घर र हराभरा सहरको रुपमा विकाश गर्न प्लाष्टिक झोला मुक्त नगर बनाउने अभियान सुरु गर्ने भएको छ । 

व्यावस्थित र सुरक्षित सडक यातायात सहितको सहरको रुपमा विकाश गर्नका लागि नगर भित्रका बजारमा प्लाष्टिक झोला मुक्त नगर, व्यावस्थित बजार,यातायाता पार्किङको व्यावस्था गर्दै बजारलाई सुन्दर सहर बनाउने योजना अघि सारेको लालबन्दी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता राजन कुमार श्रेष्ठले बताउनु भयो । नगरपालिका क्षेत्र भित्र सडकको छेउछाउमा रहेका किराना तथा फलफुल बजार व्यावस्थित गरि बजार भित्र सार्न स्थानिय व्यावसायीहरुलाई आग्रह समेत गरिएको श्रेष्ठले बताउनु भयो ।
सडकको आसपासमा किराना तथा तरकारी फलफुलका ढेला तथा पसलहरु रहेका कारण,जताततै सवारी पार्किङ्ग गरिदा तथा  निर्माण सामाग्रीहरु सडक छेउछाउमा रहेका कारण सवारी दुर्घटना हुनुको साथै सहरको सुन्दरता हराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक सुर्य नारायण यादवले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech