Close This

सर्लाही ट्राफिक प्रहरीद्धारा वैशाखमा करिब २० लाख राजश्व संकलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-८ गते   ३००० पटक हेरिएको

 जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले  ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरुलाई कारबाही गरी करिब २० लाख राजश्व संकलन गरेको छ । वैशाख महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले २ हजार वटा सवारी साधनलाई कारवाही गरी रु २० लाख ६३ हजार राजश्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरिक्षक केदारमान दोङले बताउनु भयो ।
जिल्लामा  १ हजार ३१ वटा ट्रक, १८ वटा बस, २ सय ८१ वटा कार,जिप र भ्यान,८० वटा ट्याक्टर,५ सय ५६ वटा मोटरसाईकल र अटो टेम्पो लगायत अन्य गरी ३४ वटालाई कार्बाही गरि सो मात्रामा राजश्व संकलन गरेको हो । १ हजार ३१ वटा ट्रकलाई कार्बाही गरी रु १३ लाख ३२ हजार, १८ वटा बसलाई कार्बाही गरी रु १२ हजार ५ सय, २ सय ८१ वटा कार,जिप र भ्यानलाई कार्बाही गरी २ लाख ३२ हजार,८० वटा ट्याक्टरलाई कार्बाही गरी रु ६४ हजार,५ सय ५६ वटा मोटरसाईकललाई कार्बाही गरी रु ४ लाख ३ हजार ५ सय र अटो टेम्पो लगायत अन्य गरी ३४ वटालाई कार्बाही गरि रु १९ हजार गरी कुल २० लाख ६३ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
वैशाख महिनामा ५४ वटा सवारी साधन दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ३४ जना गंभिर घाईते र १७ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरिक्षक दोङले जानकारी दिनु भयो । 
जसमा सबै भन्दा बढी मोटरसाईकल ३४ वटा र सबै भन्दा कम टेम्पो दुर्घटना नै नभएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी निरिक्षक दोङले बताउनु भयो ।
ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेका ट्राफिक प्रहरी प्रमुख  दोङले बताउनु भयो ।  ओभरलोड, प्रायोजन विपरीत प्रयोग भएका सवारी साधन, दुई जनाभन्दा बढी चढेका तथा हेल्मेट नलगाई र आवश्यक कागजात नबोकी चलाएका मोटरसाइकललगायत सवारी साधनलाई कारवाही गरिएको उहाँले बताउनु भयो । 
ट्राफिक प्रहरीले आफ्नो गतिविधिलाई थप कडाईका साथ लागु गराएपछि वैशाख महिनामा निषेआज्ञा भएपनि राजश्वमा बृद्धि भएको छ । सामान्यतया अरु महिना झैँ निषेआज्ञाको समयमा पनि राजश्व निरन्तर रहेको छ ।  
 सर्लाही ट्राफिक प्रहरीले जिल्लाको सवारी व्यावस्थापनमा निकै चासोका साथ काम गरेको छ । भारतिय नम्बरका सवारी साधनको हालीमुहाली रहेको सर्लाहीमा पछिल्लो समयमा त्यस्ता सवारी साधनहरु निकै कम भएका ट्राफिक प्रहरीले दाबी गरेको छ । 
ट्राफिक प्रहरीका अनुसार कोरोना भाइरसका कारण सिमानाका लगायत जिल्लामा निषेआज्ञा लागु भएपनि राजश्व र कार्बाहीलाई निरन्तराता दिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech