सिन्धुलीका ३४ वटा कार्यालयले गरे स्वत : प्रकाशन,नौ वटा कार्यालयको अटेरी

194 Shares

सिन्धुलीका ४३ वटा कार्यालयहरु मध्य हाल सम्म ३४ वटा कार्यालयहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक स्वतःप्रकाशन गरेका छन्।संघीय,प्रादेशिक कार्यालयहरु र स्थानीय तहहरु गरी ४३ वटा कार्यालयहरु रहेको सिन्धुलीका ३४ वटा कार्यालयहरुले मात्रै चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक स्वतःप्रकाशन गरेका सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाई सिन्धुलीका सदस्य सचिव एवम जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख कुमार थापाले जानकारी दिए ।उनका अनुसार सिन्धुलीका नौ वटा स्थानीय तहहरु सबैले २० वटा संघीय कार्यालयहरु मध्य १२ वटा र १४ वटा प्रादेशिक कार्यालयहरु मध्य १३ वटा कार्यालयले स्वतः प्रकाशन गरेका छन् ।
संघीय कार्यालयहरु जिल्ला समन्वय समिति सिन्धुली,भूमि प्रशासन कार्यालय,सडक डिभिजन कार्यालय,शिक्षा विकास तथा समन्वय समिति सिन्धुली,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यान्वयन इकाई,नापी कार्यालय,चुरे उत्थानशिल आयोजना,खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय,जिल्ला हुलाक कार्यालय,जिल्ला निर्वाचन कार्यालय,सुनकोशी मरिण डाईभर्सन बहुउद्धेश्यीय आयोजना र कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुली,प्रादेशिक कार्यालय अन्र्तगत सिन्धुली अस्पताल,डिभिजन वन कार्यालय सिन्धुलीमाडी,शहरी विकास तथा भवन कार्यालय,पशु सेवा कार्यालय,कृषि विकास कार्यालय,डिभिजन वन कार्यालय मरिण कपिलाकोट,पुर्वाधार विकास कार्यालय,बागवानी विकास केन्द्र,उद्योग तथा बाणिज्य कार्यालय,आर्युवेद तथा बैकल्पिक चिकित्सालय,जलस्रोत तथा सिर्चाँइ विकास डिभिजन कार्यालय,जनस्वास्थ्य कार्यालय र यातायात व्यवस्था कार्यालयका साथै कमलामाई नगरपालिका,
दुधौली नगरपालिका,तीनपाटन गाउँपालिका,फिक्कल गाउँपालिका,घ्याङ्लेख गाउँपालिका,मरिण गाउँपालिका,सुनकोशी गाउँपालिका,गोलन्जोर गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका गरी नौ वटै पालिकाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक स्वतःप्रकाशन गरेका जिल्ला अनुगमन ईकाई सिन्धुलीले जनाएको छ ।
यता,आठ वटा संघीय कार्यालयहरुमा जिल्ला अदालत सिन्धुली,सरकारी वकिल कार्यालय सिन्धुली,सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सिन्धुली,कारागार कार्यालय सिन्धुली,भवानी बक्स गण,ठुलीटार सिन्धुलीका साथै जिल्ला प्रशासन कार्यालय सिन्धुली,जिल्ला प्रहरी कार्यालय सिन्धुली र कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुलीका साथै प्रादेशिक कार्यालय अन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय सिन्धुलीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक स्वतःप्रकाशन नगरेका पाइएको छ ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ बमोजिम सबै सार्वजनिक निकायहरुले प्रत्येक तीन÷तीन महिनामा अद्यावधिक गरी स्वतः प्रकाशन गर्नु पर्ने प्रावधान भएपनि सिन्धुलीका नौ वटा कार्यालयहरुले स्वतःप्रकाशन गर्न अटेर गरेका हुन।स्वतःप्रकाशन मार्फत सबै सार्वजनिक निकायहरुले गरेका गतिविधिहरु नागरिकहरुलाई सहजै बुझ्ने गरी प्रशासन गर्नुपर्नेमा सिन्धुलीका नौ वटा कार्यालयहरु नागरिकलाई सूचना दिने कार्यबाट अलग रहेका पाइएको छ ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५(३) र सो सम्बन्धी नियमावलीको नियम ३ अनुसार आर्थिक वर्ष सुरु भएको रहेक तीन महिनामा हरेक नागरिकलाई सूचना उपलब्ध गराउने र कार्यालयको गतिविधिहरु सार्वजनिक गर्नु पर्ने प्रावधान अन्र्तगत स्वतःप्रकाशन गर्नु पर्ने भएपनि सिन्धुलीका नौ वटा कार्यालयहरुले सो कार्यलाई वेवास्था गरेका छन् ।“जान्नेलाई छान्ने,सुशासनको हुँकार”लिएर गठन भएको वर्तमान सरकारले सुशासनको शुँकार गरी रहेपनि सोही सरकार अन्र्तगत रहेका आठ वटा संघीय कार्यालयहरुले आफ्ना गतिविधिहरु लुकाएका पाइएको छ ।

सम्बन्धित समाचार