Close This

हरिवन १० मा ५ सय ८० घरधुरीलाई राहत वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-३० गते   ९५७ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिका १० ले राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । कोरोना भाईरस(कोभिड १९) विश्वभर माहामारीको रुपमा फैलिए पछि सरकारले लकडाउनको घोषण गरेको समयमा आफ्ना नागरीकहरु मारमा परेको भन्दै वडाले राहत स्वरुप खाद्यान्न वितरण गरेको वडा नम्बर १० का वडा अध्यक्ष शम्भु प्रसाद मैनालीले बताउनु भयो ।
वडाबासी अति गरीब विपन्न तथा निमुखाहरुलाई लकडाउनको समयमा थप समस्या नपरोस भन्नका लागि चामल,नुन,खाने तेल,आलु,दाल र सावुन वितरण गरिएको वडा अध्यक्ष मैनालीले  बताउनु भयो । वडाबासी ५ सय ८० घरधुरीलाई चामल,नुन,खाने तेल,आलु,दाल र सावुन वितरण गरिएको वडा कार्यालयले जनाएको छ । स्थलगत अनुगमन गरी छुटेकाहरुको लागि पुन अर्काे चरणमा राहत वितरण गरिने वडा अध्यक्ष मैनालीले  बताउनु भयो ।
शनिबार २ सय १५ घरधुरीलाई र आईतबार ३६५ घरधुरीलाई राहत स्वरुप चामल,नुन,खाने तेल,आलु,दाल र सावुन वितरण गरिएको हो । साथै वडाबासीलाई राज्यले जारी गरेको लक डाउनको पुर्ण पालना गर्नपनि आग्रह गरिएको वडा अध्यक्ष मैनालीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech