नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक राजकुमार सिलवाल माथि छानविन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले पाँचवटा समिति बनाएको छ ।प्रहरी उपरिक्षक सिलवाल चर्को रकम असुली धन्दामा लागेको ३५ वटा मौखिक तथा लिखित उजुरी मधेश प्रदेश प्रहरी कार्यालयमा परेपछि सो सम्बन्धमा छानबिन गर्न पाँच वटा समिति बनाईएको मधेश प्रदेश प्रहरी प्रमुख एवम डीआईजी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए ।

उनका अनुसार प्रहरी उपरिक्षक सिलवालले चेकजाँचका क्रममा फेला परेका चोरीका सवारी साधनको गैर कानुनी प्रयोग,चालकमाथि अभद्र व्यवहार र क्षेत्रााधिकार बाहिर गएर चर्काे रकम असुली गर्ने गरेका आरोप लागेपछि छानविन गर्न पाँच वटा टोली बनाएर खटाईएको हो ।प्रहरी उपरिक्षक सिलवालले मातहतका ट्राफिक प्रहरी युनिटहरुका प्रहरी अधिकारी तथा कर्मचारीहरुलाई गालिगलौज गर्ने महंगो रक्सीको माग गर्ने,मासिक रुपमा कमिसन बुझाउनु पर्ने,मादक पदार्थ सेवन गरेर सवारी चलाएका चालकलाई जरिवाना तिराउँदै सवारी छाड्न लगाइ घर पठाउनुपर्नेमा कानुन विपरीत थुनामा राख्ने र अभद्र व्यवहार गर्ने, अवैध मालसामान बोकेका सवारी साधनलाई आर्थिक प्रभावमा परेर जाँच नगर्ने,ट्रान्सपोर्टका ट्रक रोकेर गैरक ानुनी तरिकाले रकम असुली गर्ने,भारतीय नम्बर प्लेटका मालवाहक सवारी साधनहरुलाई प्रवेशमा कडाइ गर्ने वाहनामा रकम असुली गर्ने,मिटरब्याजमा रकम लगाउने साथै “चेन अफ कमान्ड”मा समेत नचल्ने गरेका लगायतका ३५ वटा उजुरी परेपछि एसएसपी कमल थापाको नेतृत्वमा छानविन समिति गठन गरी आन्तरीक रुपमा छानविन सुरु गरेको मधेश प्रदेश प्रहरी कार्यालयले थप चार वटा छानविन समिति गठन गरेर छानविन सुरु गरेको छ ।प्रहरी उपरिक्षक सिलवाल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा रहँदा पनि चर्काे कमिसन असुलीमा लागेका प्रहरी अधिकारीहरु नै बताउँछन् ।
यसका साथै प्रहरी उपरिक्षक सिलवालले भारवाहन क्षमता भन्दा बढी भारवाहन गरेका भारतीय ट्रकलाई कमिसन असुलेर निर्वाध रुपमा सञ्चालन गर्न दिएपछि यातायात व्यवसायीहरु त्यसको विरोधमा उत्रिएका छन्।त्यसपछि तातेको मधेश प्रदेश प्रहरी कार्यालयले छानविनको वाहनामा पाँच वटा समिति बनाएर नाटक गर्दै प्रहरी उपरिक्षक सिलवाललाई उन्मुक्ती योजना बनाएको एक यातायात व्यवसायीले बताए ।कार्बाही गर्न एथेष्ट प्रमाणहरु छन् तर कार्बाही गर्ने योजना नरहेका कारण पाँच वटा समिति बनाएको मधेश प्रदेश प्रहरी कार्यालयले नाटक मञ्चन गरेको उनले थपे ।
यता,सो सम्बन्धमा प्रहरी उपरिक्षक सिलवाललाई सोध्दा आफुलाई त्यस विषयमा कुनै जानकारी नभएको बताए।उनले मापसे गरेका चालकलाई थुन्यो भन्ने कुरामा सत्याता नरहेको बरु होल्ड गरेर छाडि दिएको दाबी दोहोर्याए।अन्य कुरामा हाम्रो कमजोरी छैन।के मनसायले समिति बन्यो त्यो त मलाई थाहा भएन ।उनले भने।उनले आफु लामो समय अपराध खोज तथा अनुसन्धानमा बसी राम्रो काम गरेको प्रहरी अधिकारी भएको दाबी समेत गरे ।