बोर्ड र लेटर प्याडमा “स्थानीय सरकार”लेख्दैनन् पालिकाहरु

398 Shares

नेपालमा २०७२ को संविधानले तीन तहको सरकारको संरचना तय गरेको छ।सोही अनुसार तीनै सरकारले आफ्नो आफ्नो अधिकार क्षेत्रमा काम गरिरहेका छन्।संघ मातहतका मन्त्रालय र कार्यालयले आफ्नो बोर्ड र लेटर प्याडमा नेपाल सरकार लेख्छन्। प्रदेशले पनि मातहतका कार्यालयमा प्रदेश सरकार लेखेका छन्।यसले संघ र प्रदेश छुट्टा छुट्टै सरकार हुन् भन्ने झल्को दिन्छ । स्थानीय सरकार गठन भएको पाँच वर्ष पूरा भएको छ तर पाँच वर्षसम्म पनि एकाध बाहेक कुनै पनि पालिकाले आफ्नो कार्यालयको बोर्ड र लेटर प्याडमा स्थानीय सरकार लेखेका छैनन्।उनीहरूले आफ्नो पालिकाको नाम मात्रै लेखेका छन्।त्यस्ता कार्यालयको बोर्ड र लेटर प्याड हेर्दा उनीहरू छुट्टै सरकार भएको अनुभूत नहुने सर्वसाधारणको भनाइ छ । 
कतिपय पालिकाले स्थानीय सरकार गठन भएसँगै उनीहरूको पालिकाको बोर्ड र लेटर प्याडमा स्थानीय सरकार लेख्न थालेका छन्।तर सर्लाहीका कुनैपनि पालिकाले आफ्नो बोर्ड तथा लेटर प्याडमा कतै स्थानीय सरकार लेखेको देखिँदैन्।पालिकाले प्रयोग गर्ने लेटर प्याडमा पनि स्थानीय सरकार भनेर लेखिएको छैन् ।देश भरीकै सबै भन्दा धेरै २० वटा पालिका रहेको सर्लाहीमा नौ वटा गाउँपालिका र ११ वटा नगरपालिका रहेका छन् ।
तर स्थानीय तह छुट्टै सरकार भएको अनुभूत गराउन जिल्लाका कुनैपनि पालिकाले सामान्य लेटर प्याड र कार्यालयको बोर्डमा समेत“स्थानीय सरकार”लेख्ने प्रयास नगर्नु दुखको कुरा रहेको स्थानीय जानकारहरु बताउँछन्।स्थानीय तह छुट्टै सरकार रहेको भाषण गर्ने जिल्लाका जनप्रतिनिधिहरुका साथै नेताहरु स्थानीय तह “गाउँ गाउँको सिंहदरवार”हो भन्ने सम्मको प्रमाणित हुने कुनै काम गर्न पनि असक्षम देखिएका छन् ।
पालिकालाई छुट्टै सरकार र केन्द्र एवम प्रदेशका इकाइ होइनन् भन्ने बुझाउन पनि पालिकाको बोर्ड र लेटर प्याडमा स्थानीय सरकार लेख्न जरुरी रहेको र पालिकाहरूले स्थानीय सरकार लेख्न  कानुनी बाधा नआउने भएपनि सरकारी राजश्व,सरकारी सवारी साधनहरुका साथै काममा चर्काे असुली,अनियमितता र दोहन गर्नमै व्यस्त सर्लाहीका स्थानीय तहहरुका जनप्रतिनिधिहरुको ध्यान पालिकालाई छुट्टै सरकार र केन्द्र एवम प्रदेशका इकाइ होइनन् भन्ने बुझाउन पनि पालिकाको बोर्ड र लेटर प्याडमा स्थानीय सरकार लेख्न कहिले जाने भन्नेमा अन्य सरोकारवालाहरुको प्रश्न छ ।
स्थानीय सरकार सञ्चालन गर्न बनेको ऐनको नामै स्थानीय सरकार सञ्चालन ऐन छ । त्यसमाथि संविधाको भाग ५ राज्यको संरचनामा प्रस्टसँग नेपालमा संघ,प्रदेश र स्थानीय तह गरी तीन संरचना रहने लेखिएको छ । संविधानले दिएको अधिकार प्रयोग गर्न उनीहरू स्वतन्त्र रहने व्यवस्था छ।कानुनतःस्थानीय सरकार लेख्न कुनै अप्ठेरो नरहेको विज्ञहरूको भनाइ छ,तर,पनि पालिकाहरूले यसमा ख्याल पु¥याएको देखिदैन।स्थानीय सरकार लेख्ने प्रचलन नभएकाले आफुहरुले पालिकामा पनि नलेखिएको जिल्लाका पालिकाहरुका जनप्रतिनिधिहरुको गैर जिम्मेवार जवाफ रहेको छ ।
“अरुले स्थानीय सरकार लेखेका छैनन्,हामीले किन लेख्नु ?”जिल्लाका स्थानीय तहहरुका जनप्रतिनिधिहरुको भनाई छ ।“हामीले पनि त्यता ध्यान पु¥याएनौँ ।नामबाट भन्दा कामबाटै संघीयताको अभ्यास गरेकाले नाम ठूलो विषय होईन् उनीहरुको भनाई छ ।”केन्द्र सरकारसँग संघीयताको अधिकार पाउन आवाज उठाउँदै आएका केही पालिकाहरूले पनि यसलाई ख्याल नगरेको देखिन्छ।कानुनी बाधा नभए पनि सबैतिर लेख्ने अभ्यास नभएकाले आफुहरुले नलेखेको भन्दै पञ्छिने तर अधिकार माग गर्दा हामी पनि एक सरकार हौँ।भन्ने स्थानीय तहहरुका जनप्रतिनिधिहरु यस विषयमा गंभिर हुनु पर्ने जानकारहरु बताउँछन् ।
जिल्लाका कतिपय स्थानीय तहहरुले आफ्नो स्थानीय तहहरुको बोर्ड समेत बनाएका छैनन् भने कतिपयले प्रदेश २ नै लेखि रहेका समेत पाइएको छ ।स्थानीय तहलाई आफ्नो अधिकार र संघीयता कार्यान्वयनमा सहयोग गर्न विभिन्न संगठन निर्माण भएका छन्।यस्ता संगठनले पालिकाहरूलाई यो विषयमा सूचित नगराएको देखियो ।सरोकारवाला निकायहरुमा यस विषयमा छलफल नभएको एक जनप्रतिनिधिले बताए ।स्थानीय सरकार लेख्ने भनेर कतै नलेखिएकाले यस्तो समस्या भएको उनको भनाइ छ । गाउँपालिका महासंघले सबै पालिकाहरुलाई स्थानीय सरकार लेख्न पटक–पटक आग्रहको जनाएको छ । “पालिकाहरूले स्थानीय सरकार अनिवार्य लेख्नुपर्ने हो,महासंघको तर्फबाट सूचित पनि गराएका हौँ ।तर,खोइ किन नलेखेका हुन् ?”पालिकाले आफूलाई स्थानीय सरकार लेख्न कुनै कानुनी बाधा नभएको गाउँपालिका महासंघले जनाएको छ ।

सम्बन्धित समाचार