देशमा हाल उत्पन्न भएको परिस्थितिबारे राष्ट्रपति रामचन्द्र पौडेलले गम्भीर चिन्ता व्यक्त गरेका छन्।“जेन जी”पुस्ताले गरेको प्रदर्शनका क्रममा ठुलो संख्यामा नागरिक हताहत भएको घटनाबाट आफू मर्माहत भएको भन्दै राष्ट्रपति पौडेलले गम्भीर चिन्ता व्यक्त गरेका हुन ।राष्ट्रपति पौडेलले घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन्।उनले घाइतेहरूको तत्काल उपचारका लागि सरकारलाई आग्रह पनि गरेका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति पौडेलले अप्रत्याशित रूपमा भएको यो घटनाले आफूलाई चिन्तित तुल्याएको बताए ।वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई राष्ट्रपति पौडेलले अपिल गरेका छन्।