Close This

अटोले मनपरी भाडा लिएको गुनासो सहित वडा कार्यालयमा उजुुरी,छलफल गरेर भाडा निर्धारण गरिने जनप्रतिनिधिहरुको भनाई

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-७ गते   ५४ पटक हेरिएको

सर्लाहीको परवानिपुरदेखि रानिगन्ज र लालबन्दीसम्म संचालन हुने अटोले मनपरी भाडा असुलेको भन्दै वडा कार्यालयमा उजुरी परेको छ । परवानिपुरदेखि रानिगन्ज र लालबन्दीसम्म संचालन हुने अटोले मनपरी भाडा असुलेको भन्दै वडा कार्यालयमा  स्थानीयवासीले उजुरी गरेका हुन । 
यसअघि रानिगन्जदेखि परवानिपुरसम्मको रु ६० र लालबन्दीदेखि परवानिपुरसम्मको रु ८० भाडा लिने गरिएको भएपनि अहिले रानिगन्जदेखि परवानिपुरसम्मको रु ८० र लालबन्दी बजारदेखि परवानिपुरसम्मको रु एक सय भन्दा बढी भाडा लिन थालिएको भन्दै परवानिपुरका स्थानीयहरुको वडा कार्यालयमा भाडा समायोजना गरि दिन माग गर्दै उजुरी गरेका छन् । उनीहरुको गुनासो र उजुरीपछि लालबन्दी नगरपालिका १५ र १६ का  जनप्रतिनिधिहरुले अटोको उचित भाडादर निर्धारण गर्न पहल थालेको बताएका छन् ।
त्यसका लागि लालबन्दी नगरपालिका १५ र १६ को संयुक्त वडा कार्यालय परवानीपुरमा सरोकारवालाहरुबीच छलफल समेत गरिएको लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश बहादुर थापाले जानकारी दिनु भयो । उहाँका अनुसार लालबन्दी नगरपालिका १५ का वडाध्यक्ष गोरख बहादुर बल र १६ का वडाध्यक्ष थापाको उपस्थितिमा छलफल भएको तर निष्कर्ष निस्कन नसकेको हो ।
लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष थापाले एकदुई दिनमै पुनः छलफलमा गरेर भाडा तया गरिने बताउनु भयो ।  अटो चालकहरुले भाडामा ज्यादती गरेको बारे आफूहरु समक्ष व्यापक जनगुनासो आइरहेको बताउँदै जनगुनासोलाई सक्बोधन गर्ने गरि काम गर्ने लालबन्दी नगरपालिका १५ का वडा अध्यक्ष बलले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech