जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी असई तेजनारायण यादव किशोरीसंग आपत्तिजनक अवस्थामा फेला परेपछि स्थानीयले नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाएका छन् ।
साउन ९ गते राती करिब २ बजे असई यादव मलंगवाको युनिक होटलमा काम गर्ने एक किशोरीसंग अगर्वा र झिम नदीकाे वीचमा चउरमा आपत्तिजनक अवस्थामा स्थानीयले फेला पारेपछि नियन्त्रणमा लिन खाेज्दा असई यादवले स्थानीयलाई पेस्ताेल ताकेपछि त्रसित भएका स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सादा पाेशाकमा रहेका असई यादवलाई प्रहरी हाे भन्ने कन्फर्म गरेपछि स्थानीयले कुटपिट गरी किशोरी समेत असई यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई खबरगरी पठाएका प्रहरी स्रोतको दाबी छ । प्रहरी स्रोतका अनुसार अगर्वा र झिम नदीकाे विचमा खुल्ला चउरामा साउन ९ गते राती करिब २ बजे एउटी किशोरीसंग आपत्तिजनक अवस्थामा फेलापारी नियन्त्रणमा लिएर कुटपिट गरी किशोरी र असई यादवलाई लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको जिम्मा लगाएका हुन ।
असई यादव सहित किशोरीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको भएपनि जाहेरी नपरेका कारण म्याद थप नगरिएको र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंहका खास मानिस रहेकाले उनलाई छाडिएको पाईएकाे छ । असई यादव जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा कमाण्डर पनि हुन ।
प्रहरी संगठनको आचरण विपरित सादा पोशाकमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख सिंह र प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले कमिसन असुल्न असई यादवको कमाण्डमा सादा पोशाकमा प्रहरी कर्माचारीहरु परिचालन गरेका पाइएको छ ।
केही दिन पहिला चाईनिज लसुन जिल्लाको मलंगवा नजिकैबाट भारत प्रवेश गर्न खोजेको अवस्थामा शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाको गस्ती टोलीले दुई हजार पाँच सय किलो लसुन नियन्त्रणमा लिएर राजश्व कार्यालय पथलैया बुझाएपछि सिमा क्षेत्रमा रहेका प्रहरी युनिटहरु प्रहरी संगठन मर्म भावना अनुसार काम गर्नुको सट्टा प्रहरी संगठनकाे मर्म र भावनामा आँच आउने गरि कमिसन असुलीका साथै गैर कानुनी कार्यमा लिप्त हुने गरेका पाईएकाे हाे ।
प्रहरी संगठनमा सादा पाेशाकमा प्रहरी कर्माचारीहरु परिचालन गर्ने प्रावधान नरहेपनि अपराध न्युनिकरण गर्न भन्दै सादा पोशाकमा परिचालन गरिएका प्रहरी कर्माचारीहरु कै कारण प्रहरी संगठन बदनाम भएको प्रहरी अधिकारीहरु नै बताउँछन् ।
जिल्लाका विभिन्न नाकाहरुबाट अहिले पनि कपडा,सख्खर,चिनी,किराना तथा हार्डवेयरका सामानहरु भन्सार छली चाेरी तस्करी गरी नेपाल प्रवेश गरिरहेकाे छ भने नेपालबाट गिट्टी,बालुवाहरुका साथै चाईनिज लसु,चाईनिज ईलाेक्ट्राेनिक सामानहरु लगायत मद्यिरा र कस्मेटिकका सामाग्रीहरु भारत जाने गरेको पाइएको छ ।
अपराध न्युनिकरणका लागि अनुसन्धानमा दक्षिण यसिया मै अब्बल मानिएकाे नेपाल प्रहरी पछिल्लो समय कमिसनमा लिप्त हुँदा अपराधिक तथा करछलीका घटनाहरु बढी रहेका जानकारहरु बताउँछन् । यता, साे विषयमा बुझ्न जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक श्रेष्ठलाई साेध्दा त्यस्तो होइन भनी अस्विकार गरे।तर हावा नचलि पात पक्कै हल्लाउँदैन भन्ने उखान चरितार्थ छ ।