सर्लाहीको लालबन्दीमा रहेको उद्योग बाणिज्य संघ लालबन्दीले विभिन्न सामाजिक संस्थालाई खाद्यान्न सहयोग गरेको छ । उद्योग बाणिज्य संघ लालबन्दीले लालबन्दी नगरपालिका २ मा रहेको पद्म भुवनेस्वरी नमुना बृद्धसेवाश्रम जुट्पानी,हरिवन नगरपालिका ५ मा रहेको चेतना संदेश नेपालद्वारा संचालित द्वन्द पीडित बाल गृह र हरिवन नगरपालिका ९ मा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री वितरण गरेको उद्योग बाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशीले जानकारी दिनुभयो ।
सोहृश्राद शुरु भएको अवसरमा आमाबुबाहरुको मन खुसी पार्नु भनेको पीतृहरुको मन खुसी हुनु को भन्दै तीन सामाजिक संस्थाहरुलाई आफुहरुले खाद्यान्न सहयोग गरेको उद्योग बाणिज्य संघ लालबन्दीका महासचिव दिपेन्द्र बलम्पाकीले बताउनु भयो ।
लालबन्दी क्षेत्रका व्यापारी व्यावसायीहरुको विषेश सहयोग र उपस्थितिमा पद्म भुवनेस्वरी नमुना बृद्धसेवाश्रम लालबन्दी नगरपालिका २,जुट्पानी,हरिवन नगरपालिका ५ मा रहेको चेतना संदेश नेपालद्वारा संचालित द्वन्द पीडित बाल गृह र हरिवन नगरपालिका ९ मा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न सामग्री वितरण गरिएको उद्योग बाणिज्य संघ लालबन्दीले जनाएको छ ।