Close This

सर्लाहीका १० स्थानिय निकायमा नमूना मतदान सम्पन्न,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२८ गते   ८४७ पटक हेरिएको


सर्लाहीका ५ वटा स्थानिय निकायहरुमा सोमबार नमूना मतदान सम्पन्न भएको छ । जिल्लाको लालबन्दी,हरिवन,बागमती,हरिपुर र कविलासी नगरपालिकामा नमूना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । मतदाता शिक्षा संचालन गर्न खटाइएका स्वयंसेविका,मतदानमा खटिने कर्मचारी र इच्छुक सर्वसाधारणलाई सहभागी गराई नमूना मतदान गराइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी निर्मल पोख्रेलले जानकारी दिए । उनका अनुसार यसअघि जिल्लाको ईश्वरपुर,हरिपूर्वा नगरपालिका,चन्द्रनगर,ब्रम्हपुरी र पर्सा गाउँपालिकामा पनि नमूना मतदान गराइएको थियो ।
 २० वटा स्थानिय निकाय रहेको सर्लाहीका बाँकी १० वटा स्थानिय निकायमा पनि क्रमैसँग नमूना मतदान कार्यक्रम गरिने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले जिल्लाका २० वटै स्थानिय निकायका केन्द्रहरुमा नमूना मतदान कार्यक्रम राखिएको हो । जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जिल्लाका २० वटा स्थानिय निकायहरुका २ सय वटै वडामा महिला स्वास्थ्य स्वयंसेविकामार्फत मतदाता शिक्षा कार्यक्रम संचालन गरिरहेको जनाएको छ ।  जिल्लामा ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेको सर्लाहीमा  ४ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र८ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् भने ४ लाख ७९ हजार ३८ जना मतदाता रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech