Close This

खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लालबन्दीको निर्वाचन समितिको बैठक सम्पन्न

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-२६ गते   ४२७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ६ मा रहेको  खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लालबन्दीको निर्वाचन समितिको बैठक सम्पन्न भएको छ । खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लालबन्दीको विधान २०७३ को प्रथम संसोधन २०७६  अनुसार गठित निर्वाचन समितको बैठक सम्पन्न भएको हो । 
२०७८ कार्तिक १५ गतेबाट आफ्नो औपचारिक कार्य प्रारम्भ गरेको समितिले स्थानिय निकायको निर्वाचन –२०७९ बैशाख ३० तथा समसामाहिक राजनीतिक घटनाक्रमका कारण निर्वाचन प्रकृया स्थगन गरेको थियो ।
खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लालबन्दीको कार्यसम्पादनका क्रममा नयाँ नेतृत्व चयन प्रयोजनका लागि पटक पटक बैठक बसी निर्वाचन सम्पन्न गर्नका लागि अन्तिम तयारी पुरा भैसकेको अवस्थामा २०७८ फागुन १० गते  तत्कालिन नगर प्रमुख मानबहादुर खड्काको विशेष उपस्थितिमा बसेको सर्वदलीय सर्वपक्षिय बैठकले नजिकिदो स्थानिय निकायको निर्वाचन –२०७९ बैशाख ३० तथा समसामाहिक राजनीतिक घटनाक्रमका कारण निर्वाचन प्रकृया स्थगन गरेको समितिले आफ्नो नियमित गतिविधिहरु सुरुचा गरेको संस्थाका सुचना अधिकारी ठाकुर प्रसाद बख्रेल(मनोज)ले जानकारी दिनु भयो । उहाँका अनुसार स्थानिय निकायको निर्वाचन र समसामयिक राजनैतिक घटना क्रमका कारण रोकिएको समितिको गतिविधि नँया नेतृत्व चयन प्रकृयालाई निरन्तरता दिन र विधानले दिएको जिम्मेवारी समयमै सम्पन्न गर्ने उदेश्यका नियमित सुरु भएको हो ।
आज बसेको समितिको बैठकले २०७९ असार ३ गते शुक्रबार संस्थाको प्रधान कार्यालय लालबन्दी नगरपालिका ६, लेखाली चौरमा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नँया नेतृत्व चयन, निर्वाचन प्रकृया आरम्भ गर्ने,वडा निर्वाचनको मिति तय गर्ने,कार्यकारी पदको निर्वाचन मिति तय गर्ने लगायतका निर्णय गरेको छ । 
त्यस्तै संस्थाको बैठकले शोक सन्देश,सुचना तथा जानकारी र  धन्यवाद ज्ञापन लगायतका निर्णयहरु समेत गरेको छ । बैठकले सर्वदलीय सर्वपक्षिय बैठक आव्हान गरी संस्थाको  नँया नेतृत्व चयनका लागि निर्णय लिने ,सर्वदलीय सर्वपक्षिय बैठकमा उपस्थिति हुँदा आफ्नो वा आफुले प्रतिनिधित्व गर्ने संस्था वा दलको धारणा, योजना र सुझाव सहित उपस्थित हुन समेत  आग्रह गरेको छ । संस्थाका अध्यक्ष स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० बाट लालबन्दी नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित भएपछि नयाँ नेतृत्व छनोट  समेत गर्ने भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech