Close This

२२ दिन सम्मपनि पिसिआर रिपोर्ट नआएको भन्दै आक्रोस

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२३ गते   २८७ पटक हेरिएको

सर्लाहीमा जनप्रतिनिधिहरुको लापरबाहीले भारतबाट फर्किएकाहरु अव्यवस्थित क्वारेन्टाइनमा बस्न बाध्य भएका छन् । जिल्लाका अधिकांश  स्थानीय तहमा बनाइएका क्वारेन्टाइन व्यवस्थीत नहुँदा भारतबाट फर्किएका सयौं ब्यक्तिहरुलाई समस्या भएको छ । खाना, नास्ता र पानी पनि घरबाटै मगाएर खानुपरेको क्वारेन्टाइनमा बस्नेहरुले गुनासो गरेका छन् ।
क्वारेन्टाइन स्थलमा सेनिटाइजर, माक्स, साबुनको समेत व्यवस्था आफैले गर्नुपरेको उनीहरुको गुनासो छ । विद्यालयमा बनाइएका क्वारेन्टाइनमा प्रर्याप्त शौचालय नहुँदा दिसापिसाब गर्नु पर्दा उनीहरूलाई क्वारेन्टाइनको हाताबाट बाहिर निस्कनु पर्ने वाध्यता रहेको छ । जसले गर्दा क्वारेन्टाइन बाहिरका स्वास्थ्य ब्यक्तिहरुमा पनि कोरोना संक्रमणको जोखिम बढेको छ ।
भारतमा रेल तथा सडक यातायात सेवा सुचारु भएपछि भारतबाट नेपाल फर्कनेहरुको जिल्लाका विभिन्न सिमानाकाहरुमा भिड बढेको छ । उनीहरुलाई सिमाबाट सम्बन्धित स्थानिय निकायको जिम्मेवारीमा भित्र्याईएको भएपछि १४ दिनको लागि क्वारेन्टाइनमा लगेर राख्न काम सुरु भएको छ । कतिपय जिल्लावासी नेपालीहरु लुकिछिपी चोरबाटो भएर पनि भित्रीरहेका छन् ।
उनीहरुको पनि पहिचान गरि क्वारेन्टाइनमा लगेर राख्ने काम भइरहेको छ । जिल्ला सदरमुकाम मलंगवा नगरपालिका २ को कवर्ड हलको क्वारेन्टाइनमा बसेका ब्यक्तिहरूका अनुसार  एउटै हलमा चालीस भन्दा बढी ब्यक्तिलाई राखिएको छ, कोठालाई सेनेट्राइज गरिएको  छैन , ओछ्यानहरु फोहर भइसकेको साथै समय समयमा हुनुपर्ने स्वास्थ्य परिक्षण समेत बन्द भएको छ । पिसिआर टेष्ट भएको छैन । अव्यवस्थित क्वारेन्टाइनमा बस्दा कोरोनाको डरको साथसाथै अरु पनि रोग लाग्ने डरले आफुहरुलाई चिन्ता लागेको उनीहरूले गुनासो गरेका छन् । जनप्रतिनिधिहरुकै लापरबाहीले गर्दा क्वारेन्टाइनहरुको अवस्था दयनीय बनेको जानकारहरुको बताएका छन ।
त्यसैगरी क्वारेन्टाईनमा खटिएका सुरक्षाकर्मीहरु र स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै गोडैता नगरपालिकाको क्वाइन्टाइनमा रहेका सुरक्षाकर्मी र स्वास्थकर्मी हरुले  आक्रोशमा व्यत्त गरेका छन ।
स्थानिय सरकारको लापर्वाहीका कारण क्वाइन्टाइनमा स्वाब संकलन गरेको हप्तौ बित्न लाग्दा पनि पिसिआर रिर्पोट नआएको तथा क्वाइन्टाइनमा कोरोना भाईरसको संक्रमण बढ्न सक्ने भन्दै उनिहरुले आक्रोस व्यक्त गरेका हुन ।
गोडैता नगरपालिका स्थित वेणी भोला नमुना माध्यमिक विद्यालयको क्वाइनटाइनमा अहिले छिमेकी देश भारत लगायत नेपालका विभिन्न ठाउँहरुबाट आएका १०३  जना नागरिकहरु क्वारेन्टाईनमा  रहेका छन। जिल्लामा स्वाब संकलनका लागि अति आवश्यक पर्ने भिटिएम किट अभाव हुन थालेपछि गोडैता नगरपालिकाले आफनै लगानी ३ सय वटा किनेर ल्याएपछि गत ज्येष्ठ १६ गते नगरपालिका भरीका सुरक्षाकर्मी, स्वास्थकर्मी, जनप्रतिनिधि तथा क्वान्टाइनमा रहेका भारतबाट आएका नेपाली नागरिक गरी २९१ स्वाब संकलन गरी पिसिआर जाँचका लागि राष्ट्रिय जनस्वास्थ प्रयोशाला, टेकु पठाइएको थियो। तर अहिले सम्म कुनैको पनि रिपोर्ट नआएको स्रोतले बताएको छ ।
समयमै पिसिआर रिपोर्ट नआउँदा नागरीकहरु २२ दिन भन्दा बढी समय देखि क्वाइन्टाइनमा बस िरहन बाध्य भएका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech