आपराधिक विश्वासघात तथा ठगी मुद्दामा सर्लाहीका व्यापारी अर्जुन फर्पिङबाट पक्राउ

431 Shares

सर्लाहीको हरिवन नगरपालिका ११ निवासी सर्लाहीका व्यापारी सिद्धिबहादुर राय क्षेत्री(अर्जुन) फर्पिङबाट पक्राउ गरेका छन् । जेठ १४ गते आपराधिक विश्वासघात तथा ठगी मुद्दामा पक्राउ पुर्जी जारी भए पछि लुकीछिपी बस्दै आएका ४३ वर्षिय अर्जुनलाई फर्पिङबाट उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले पक्राउ गरेकाे हाे । सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानीमा बागमती स्याण्ड प्रोसेसिङ प्लान्ट प्रा.लि सहित लालबन्दीमा डाली मार्ट सञ्चालन गरि रहेका अर्जुन विगत लामाे समय देखि विभिन्न मुद्दाहरुमा अल्झी रहेका थिए ।

जग्गा सिमाना तथा भाेगचलन विवाद र सुटर लगाई ज्यान मार्ने याेजना सम्बन्धि मुद्दामा अल्झिदै आएका अर्जुन विरुद्ध उज्वलराज कँडेलले जेठ १४ मा काठमाडौँ जिल्ला अदालतमा आपराधिक विश्वासघात तथा ठगी गरेकाे अभियाेगमा मुद्दा दायर गरेका थिए ।मुद्दा दायर पछि अदालतले पक्राउ पुर्जी जारी गरेपनि उनी लुमीछिपी बस्दै आएकामा सर्लाहीबाट काठमाडौँ आउँदै गरेको अवस्थामा उनी साेमबार पक्राउ परेका हुन् ।

कँडेलले अर्जुन सहित चितवनको भरतपुर महानगरपालिका २ घर भई काठमाडौँ बस्ने ५३ वर्षीय जीवन राज कँडेल र ४२ वर्षीय पारसराज कँडेलविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । उनको जाहेरीको आधारमा अदालतले तिनै जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सम्बन्धित समाचार