Close This

एक अर्कालाई आरोप लगाउँदै माओवादी केन्द्र हरिवन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१४ गते   २३२ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र)हरिवन नगर कमिटीका सचिवलय सदस्य फडिन्द्र अधिकारीलाई कार्वाही गरेको छ । समानान्तर नगर  कमिटी गठन गर्ने भन्दै आफुखुससी अधिकारीले प्रेस विज्ञाप्ती जारी गरेका र उनलाई स्पष्टीकरण माग गर्दा आत्मालोचना तथा चित्त बुझ्दो जवाफ नदिएपछि उनलाई पार्टीको नीति र सिद्धान्त विपरीत क्रियाकलाप गरेको भन्दै कार्वाही गरिएको नगर कमिटी अध्यक्ष अर्जुन पन्तले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।
पार्टीको पदाधिकारी बैठक र १३ गते बसेको सचिवालयको विस्तारीत वैठकले पार्टीको विधान २०७८ को धारा ५६ अनुसार कार्वाही गरिएको नगर कमिटि अध्यक्षद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । अधिकारीले साउन ४ गते हरिवन नगर कमिटिको लेटरप्याड र छाप प्रयोग गरी आफै संयोजक रहेको समानान्तर समिति निर्माण गरेको विभिन्न संचार माध्यम र सामाजिक संजालमा प्रचार प्रसार गरेपछि पार्टीको पोलिटव्यूरो सदस्य तथा जिल्ला ईन्चार्ज अच्यूतम काफ्ले, केन्द्रीय सदस्य माया बल, जिल्ला संयोजक एवम् हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)को उपस्थितिमा साउन ५ गते हरिवनमा बैठक बसेको थियो ।
साउन ७ गते बागमती नगरपालिका ८ स्थित सोल्टीमा पार्टीका केन्द्रीय अध्यक्ष एवम गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले सम्बोधन गर्ने जनसभाको पूर्वसन्ध्यामा यस प्रकारको कार्य नगर्न र कथित समानान्तर कमिटी विघटन गरी आत्माआलोचनासहित ३ दिनभित्र स्पष्टीकरण माग्ने साउन ५ गतेको बैठकले  निर्णय गरेको थियो ।
पार्टीले मागेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको र समानान्तर कमिटि समेत विघटन नगरेपछि अधिकारीलाई एक वर्षको लागि नगर कमिटीबाट निस्कासन र पार्टीको सदस्यता निलम्बन गरिएको माओवादी केन्द्र हरिवन नगर कमिटि सचिव गौरी शंकर महतोले बताउनुभयो । उहाँका अनुसार ‘सच्चिएर आफूले गरेको गल्तीलाई आत्मालोचना गरेमा पार्टीले पुर्नविचार गर्ने र कार्वाही फुकुवा हुनसक्ने छ ।’

यता अधिकारीले पार्टीलाई निर्वाचनमा साथ नदिएकाले आफुहरुको समितिले अर्जुनपन्त,गौरी महतो र विवेक मैनालीलाई कार्बाही गरेको  विज्ञप्ती जारी गरेका छन् । निर्वाचनको समयमा पार्टीको अनुशासन विपरित गरेकालेउनिहरु तीनै जनालाईएक वर्षका लागि निलम्बन गरिएको अधिकारीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech