Close This

प्रदेशमै नमूना सर्लाही प्रहरी ७ जिल्लाका अधिकृतहरुद्धारा अवलोकन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-१ गते   ३४४ पटक हेरिएको

 जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रदेश नम्ब २ अन्तर्गतका अन्य ७ जिल्लाका प्रहरी अधिकृतहरुले अवलोकन भ्रमण गरेका छन् । प्रदेश नम्बर २ अन्तर्गत पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका मुद्दा सम्बन्धी काम कार्बाही गर्ने ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयका मुद्धा फाँटका प्रमुखहरुले संयुक्त अवलोकन गरेका हुन । अपराध अनुसन्धानको क्षेत्रमा अपराध अनुसन्धान शाखाको अभिलेख व्यवस्थापन लगायत अनुसन्धान तथा काम कार्बाहीमा प्रदेश भरीमै नमूना देखिएकाले अन्य ७ वटै जिल्लाका मुद्धा फाँट हेर्ने प्रहरी अधिकृतहरुले जिल्ला प्रहरी कार्यालय सर्लाहीको अपराध अनुसन्धानसँग सम्बन्धित सम्पूर्ण शाखाहरुको अवलोकन तथा भ्रमण गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले जानकारी दिनु भयो  । 
संघीय प्रहरी इकाई कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) किशोर कुमार दाहालको नेतृत्वमा ७ वटै जिल्लाका प्रहरी अधिकृतहरुले जिल्ला प्रहरी कार्यालय सर्लाहीको  अवलोकन भ्रमण गरेका हुन् । व्यवहारीक रुपमा कार्यक्षेत्रमा नै लागि व्यवसयीकता अभिवृद्दि गराई समग्र प्रहरी कार्य सम्पादनलाई उत्कृष्ट बनाउन प्रहरी कार्यालयद्वारा सम्पादित नमूना कार्यहरुलाई देखाइ व्यवहारिक रुपमा सिकाइएको यो कार्यक्रमले नेपाल प्रहरी संगठनको आन्तरिक सिकाइलाइ नविनता प्रदान गरेको सहभागिहरुले बताएका छन् । साथै सो कार्यक्रमले नेपाल प्रहरी संगठनको मेरुदण्डको रुपमा रहेको अपराध अनुसन्धानलाई वैज्ञानिक, प्रमाण मुखी एवम वस्तुनिष्ठ बनाई न्यायिक निरोपणका माध्यमबाट कानूनी राज्य स्थापनामा थप टेवा प्रदान गर्ने अपेक्षा गरिएको संघीय प्रहरी इकाई कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दाहालले बताउनु भयो ।
त्यस्तै अपराध नियन्त्रणको सम्बन्धमा प्रोएक्टीभ पोलिसिङको लागि ‘समुदाय प्रहरी साझेदारी’ अवधारणा अन्तर्गत सर्लाही प्रहरीले साईबर अपराध, वाल विवाह, लागूऔषध, लैङ्गिक हिंसा लगायतका विषयमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम समेत गरेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech