नेकपा(माओवादी केन्द्र) सर्लाहीले जनयुद्धका प्रथम सहित दिल बहादुर रम्तेलको सम्झनामा २९ औँ स्मृति दिवस मनाएकोे छ ।माओवादी केन्द्रले सुरु गरेको जनयुद्धको १४ औँ दिन अर्थात २०५२ साल फागुन १४ गते आजैका दिन विद्यालयमा पढ्दै गरेका १४ वर्षिय बालक दिल बहादुर रम्तेलको त्त्कालीन सरकार पक्षले अपहरण गरि हत्या गरेको थियो ।
उनको २९ औँ स्मृति दिवसको अवसरमा माओवादी केन्द्र सिर्लाहीले जिल्लाका विभिन्न स्थानमा दिप प्रज्वलन गरेको नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटिका अध्यक्ष लेखराम जर्घा(अर्जुन)ले जानकारी दिए ।उनको सम्झनामा सोमबार(आज) साँझ जिल्लाका विभिन्न स्थानहरुमा दिप प्रज्वलन गरिएको २०५२ साल फागुन १४ गते गोरखामा सुरक्षाकर्मीको गोली लागेर रम्तेलको मृत्यु भएको थियो ।
यता,माओवादी केन्द्रले १० वर्षे जनयुद्धका पहिलो सहिदका रुपमा रम्तेलको नाम लिने र हरेक वर्ष विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको भएपनि सहिद रम्तेलको सम्झनामा गोरखामा निर्माणाधिन अवस्थमा रहेको स्मृति पार्कको काम अलपत्र नै परेको छ ।
२९ वर्षअघि बालक छोरा गुमाएको भन्दै दिलबहादुरकी आमा सरीमाया रम्तेलले अहिलेसम्म पनि सो घटनाले पीडा दिइरहेको गुनासो गरिन् ।उनले सहिद परिवारले पाउने रकमबाहेक अन्य कुनै सेवासुविधा आफूहरुले अहिलेसम्म नलिएको समेत बताईन्। निर्माणाधीन रम्तेल स्मृति पार्क,भवन निर्माण र पिच बाटो सरकारले बनाइ दिए आफूहरुका लागि त्यो नै ठुलो सम्मान हुने उनको भनाइ छ ।सहिद स्मृति भवन निर्माणका लागि १५ लाख छुट्याइए पनि बजेट अभावका कारण पूरा नभएको सरीमायाको दुखेसो छ ।
यस्तै बुबा सेते रम्तेलले पनि आफू जिउँदो छँदै सरकारले स्मृति भवन,सहिद पार्क निर्माण र घरसम्म बाटो पिच गरिदिने आशा राखेका छन् ।पार्टीले आफूलाई जिनतिन भरथेग गरेको भन्दै उनले बुढेसकालमा आफूलाई सरकारले हेरिदिए हुन्थ्यो भन्ने अपेक्षा व्यक्त गरे ।“बालक छोरा गुम्यो।हामी ढल्ने बेला भइहाल्यो। त्यति स्मृति पार्क,सहिद भवन र घरसम्मको बाटो पिच भइदिए शान्ति मिल्थ्यो,”उनीहरुको भनाई छ ।“घरसम्म बाटो पिच गरिदिने माओवादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले प्रतिबद्धता जनाएका छन् ।” रम्तेल परिवारले भने,